संघीय सरकारले प्रदेश तथा स्थानीय तहमा सञ्चालन गर्ने समपूरक अनुदानको नयाँ कार्यविधि जारी गरेको छ । समपूरक अनुदान कार्यविधि, २०७७ खारेज गरी नयाँ कार्यविधि जारी गरिएको हो । स्थानीय तहको वर्गीकरणसहित जारी गरिएको कार्यविधि अनुसार संघीय सरकारले स्थानीय सरकारको सम्पन्नताको आधारमा समपूरक अनुदान दिने भएको छ ।

कार्यविधि अनुसार स्थानीय सरकारलाई विभिन्न सात किसिममा वर्गीकरण गरेको छ । वर्गीकरणका आधारमा स्थानीय सरकारले २० देखि ८० प्रतिशतसम्म अनुदान पाउने भएका छन् । सम्पन्न पालिकालाई न्यूनतम २० र विपन्न पालिकालाई अधिक्तम ८० प्रतिशतसम्म समपूरक अनुदान दिने नयाँ कार्यविधिमा उल्लेख छ ।

मकवानपुरको १० पालिका मध्ये सबैभन्दा बढि अनुदान पाउने राक्सिराङ र कैलाश गाउँपालिका रहेको छ । कार्यविधि अनुसार ‘ख’ वर्गमा परेका यि दुई पालिकाले संघीय सरकारबाट समपुरक अनुदान ७०/७० प्रतिशत पाउनेछन् । समपूरक अनुदानबाट छनोट भएका योजनाका लागि पालिकाले जम्मा ३० प्रतिशत बजेट विनियोजन पुग्ने भएको छ । त्यस्तै बागमती, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका ‘ग’ वर्गमा परेका छन् । यि पालिकाले समपूरक अनुदानबाट सञ्चालन हुने योजनाका लागि संघीय सरकारबाट ६० प्रतिशत अनुदान पाउने छन् ।

त्यसैगरी मकवानपुरगढी र बकैया गाउँपालिका ‘घ’ वर्गमा परेका छन् । यि पालिकाले समपूरक अनुदानबाट सञ्चालन गर्ने योजनाहरुमा संघीय सरकारबाट ५०/५० प्रतिशत अनुदान पाउनेछन् । जिल्लकै एकमात्र नगरपालिका थाहा र गाउँपालिका मध्येको मनहरी एउटै वर्गमा परेका छन् । आर्थिक सामाजिक विकासको वञ्चितकरण सूचचाङ्कमा थाहा भन्दा अघि रहेको मनहरी र थाहा ‘ङ’ वर्गमा परेका हुन् । यि दुई पालिकाले संघीय समपूरक अनुदान जम्मा ४० प्रतिशत मात्र पाउने भएका छन् । हेटौंडा उपमहानगरपालिकाले भने संघीय सरकारबाट जम्मा २० प्रतिशत अनुदान पाउने भएको छ । हेटौंडा ‘छ’ वर्गमा परेको छ । यसअघिको कार्यविधिको आधारमा थाहा र मनहरीको १०/१० प्रतिशत समपूरक अनुदान घट्ने भएको छ भने हेटौंडाको ३० प्रतिशत घट्ने भएको हो ।

यसअघिको कार्यविधि अनुसार सबै पालिकाहरुले संघीय समपूरक अनुदानबाट सञ्चालन हुने योजनाका लागि ५० प्रतिशत अनुदान पाउँदै आएका थिए । नयाँ कर्यविधि अनुसार मकवानपुरको ३ वटा पालिकाले पहिले भन्दा कम अनुदान पाउने भएका छन् भने २ वटा पालिकाको यथावत ५० प्रतिशत नै र बाँकी ५ वटा पालिकाको संघीय समपूरक अनुदानको आकार बढ्ने भएको छ ।

कुन पालिकाको कति ?

वर्ग ‘क’ अर्थात ८० प्रतिशतसम्म अनुदान दिइने स्थानीय तहहरू १५५ वटा छन्। 

  • छार्का ताङसोङ गाउँपालिका, डोल्पा
  • तातोपानी गाउँपालिका, जुम्ला
  • डोल्पो बुद्ध गाउँपालिका, डोल्पा
  • बारेकोट गाउँपालिका, जाजरकोट
  • शे-फोक्सुण्डो गाउँपालिका, डोल्पा
  • के.आई.सिं गाउँपालिका, डोटी
  • सोरु गाउँपालिका, मुगु
  • मेन्छयायेम गाउँपालिका, तेह्रथुम
  • चंखेली गाउँपालिका, हुम्ला
  • सिलीचोङ गाउँपालिका, संखुवासभा
  • ताजाकोट गाउँपालिका, हुम्ला
  • खप्तडछान्ना गाउँपालिका, बझाङ
  • नाम्खा गाउँपालिका, हुम्ला
  • साईपाल गाउँपालिका, बझाङ
  • सिमकोट गाउँपालिका, हुम्ला
  • आदर्श गाउँपालिका, डोटी
  • काइके गाउँपालिका, डोल्पा
  • लेकम गाउँपालिका, दार्चुला
  • अदानचुली गाउँपालिका, हुम्ला
  • सर्केगाड गाउँपालिका, हुम्ला
  • मुगुम कार्मारोङ गाउँपालिका, मुगु
  • महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
  • खिजीदेम्वा गाउँपालिका, ओखलढुङ्गा
  • बुढीगङ्गा नगरपालिका, बाजुरा
  • ठाँटीकाध गाउँपालिका, दैलेख
  • थबाङ गाउँपालिका, रोल्पा
  • जुनिचादे गाउँपालिका, जाजरकोट
  • आठविस नगरपालिका, दैलेख
  • गौमुल गाउँपालिका, बाजुरा
  • खार्पुनाथ गाउँपालिका, हुम्ला
  • हिमा गाउँपालिका, जुम्ला
  • जगदुल्ला गाउँपालिका, डोल्पा
  • ढकारी गाउँपालिका, अछाम
  • ट्याम्केमैयुङ गाउँपालिका, भोजपुर
  • माप्य दुधकोशी गाउँपालिका, सोलुखुम्बु
  • महाभारत गाउँपालिका, काभ्रेपलाञ्चोक
  • कुसे गाउँपालिका, जाजरकोट
  • आमचोक गाउँपालिका, भोजपुर
  • नार्पा भूमि गाउँपालिका, मनाङ
  • रास्कोट नगरपालिका, कालिकोट
  • भोटखोला गाउँपालिका, संखुवासभा
  • जगन्नाथ गाउँपालिका, बाजुरा
  • लिखु पिके गाउँपालिका, सोलुखुम्बु
  • सिवालय गाउँपालिका, जाजरकोट
  • लिम्चुङ्बुङ गाउँपालिका, उदयपुर
  • गुठीचौर गाउँपालिका, जुम्ला
  • हिमाली गाउँपालिका, बाजुरा
  • मष्टा गाउँपालिका, बझाङ
  • स्वामिकार्तिक खापर गाउँपालिका, बाजुरा
  • मुड्केचुला गाउँपालिका, डोल्पा
  • बान्नीगढी जयगढ गाउँपालिका, अछाम
  • पुचौंडी नगरपालिका, बैतडी
  • पचालझरना गाउँपालिका, कालिकोट
  • पौवादुङमा गाउँपालिका, भोजपुर
  • मालिकार्जुन गाउँपालिका, दार्चुला
  • दार्मा गाउँपालिका, सल्यान
  • लोमन्थाङ गाउँपालिका, मुस्ताङ
  • सूर्मा गाउँपालिका, बझाङ
  • पातारासी गाउँपालिका, जुम्ला
  • तिला गाउँपालिका, जुम्ला
  • खत्याड गाउँपालिका, मुगु
  • त्रिवेणी नगरपालिका, बाजुरा
  • नौगाड गाउँपालिका, दार्चुला
  • दोगडाकेदार गाउँपालिका, बैतडी
  • चौकुने गाउँपालिका, सुर्खेत
  • चक्रघट्टा गाउँपालिका, सर्लाही
  • नौकुण्ड गाउँपालिका, रसुवा
  • कमलबजार नगरपालिका, अछाम
  • पाथिभरा याङवरक, गाउँपालिका, ताप्लेजुङ
  • रुवी भ्याली गाउँपालिका, धादिङ
  • पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व
  • चुमनुव्री गाउँपालिका, गोरखा
  • मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
  • सिगास गाउँपालिका, बैतडी
  • खप्तड छेडेदह गाउँपालिका, बाजुरा
  • केपिलासगढी गाउँपालिका, खोटाङ
  • साकेला गाउँपालिका, खोटाङ
  • शुभ कालीका गाउँपालिका, कालिकोट
  • बोगटान फुडसिल गाउँपालिका, डोटी
  • सायल गाउँपालिका, डोटी
  • थलारा गाउँपालिका, बझाङ
  • तलकोट गाउँपालिका, बझाङ
  • लो-घेकर दामोदरकुण्ड गाउँपालिका,मुस्ताङ
  • महाशिला गाउँपालिका, पर्वत
  • कुमाख गाउँपालिका, सल्यान
  • थुलुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बु
  • दुहुँ गाउँपालिका, दार्चुला
  • सुर्नया गाउँपालिका, बैतडी
  • छविसपाथिभेरा गाउँपालिका, बझाङ
  • बडिकेदार गाउँपालिका, डोटी
  • छेडागाड नगरपालिका, जाजरकोट
  • सिदिङ्वा गाउँपालिका, ताप्लेजुङ
  • भैरवी गाउँपालिका, दैलेख
  • तुम्वेवा गाउँपालिका, पाँचथर
  • ताप्ली गाउँपालिका, उदयपुर
  • नरहरीनाथ गाउँपालिका, कालिकोट
  • भूमे गाउँपालिका, रुकुम पूर्व
  • जन्तेढुङ्गा गाउँपालिका, खोटांग
  • भगवतिमाइ गाउँपालिका, दैलेख
  • भागेश्वर गाउँपालिका, डडेलधुरा
  • दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटाङ
  • बराहपोखरी गाउँपालिका, खोटाङ
  • लिखु गाउँपालिका, ओखलढुङ्गा
  • सिंजा गाउँपालिका,जुम्ला
  • तिलागुफा नगरपालिका, कालिकोट
  • रामारोशन गाउँपालिका, अछाम
  • चामुण्डा विन्द्रासैनी नगरपालिका, दैलेख
  • लुङग्री गाउँपालिका, रोल्पा
  • फक्ताङलुङ गाउँपालिका, ताप्लेजुङ
  • अरुण गाउँपालिका, भोजपुर
  • मदाने गाउँपालिका, गुल्मी
  • सिरीजङ्घा गाउँपालिका, ताप्लेजुङ
  • सान्नी त्रीवेणी गाउँपालिका, कालिकोट
  • चिचिला गाउँपालिका, संखुवासभा
  • दुर्गाथली गाउँपालिका, बझाङ
  • वित्थडचिर गाउँपालिका, बझाङ
  • बुढिनन्दा नगरपालिका, बाजुरा
  • सानीभेरी गाउँपालिका, रुकुम पश्चिम
  • अजयमेरु गाउँपालिका, डडेलधुरा
  • रावा बेसी गाउँपालिका, खोटाङ
  • व्यास गाउँपालिका, दार्चुला
  • पंचदेवल विनायक नगरपालिका, अछाम
  • त्रिपुरासुन्दरी नगरपालिका, डोल्पा
  • हतुवागढी गाउँपालिका, भोजपुर
  • रामप्रसादराई गाउँपालिका, भोजपुर
  • सुनछहरी गाउँपालिका, रोल्पा
  • तुर्माखाद गाउँपालिका, अछाम
  • मोहन्याल गाउँपालिका, कैलाली
  • फेदाप गाउँपालिका, तेह्रथुम
  • धवलागिरी गाउँपालिका, म्याग्दी
  • सिद्ध कुमाख गाउँपालिका, सल्यान
  • उमाकुण्ड गाउँपालिका, रामेछाप
  • मेलौली नगरपालिका, बैतडी
  • केदारस्युँ गाउँपालिका, बझाङ
  • मैवाखोला गाउँपालिका, ताप्लेजुङ
  • तमानखोला गाउँपालिका, बागलुङ
  • साल्पासिलिछो गाउँपालिका, भोजपुर
  • महावै गाउँपालिका, कालिकोट
  • परिवर्तन गाउँपालिका, रोल्पा
  • चौरपाटी गाउँपालिका, अछाम
  • आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङ
  • धार्चे गाउँपालिका, गोरखा
  • पुर्विचौकी गाउँपालिका, डोटी
  • निसीखोला गाउँपालिका, बागलुङ
  • चम्पादेवी गाउँपालिका, ओखलढुङ्गा
  • बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम
  • सभापोखरी गाउँपालिका, संखुवासभा
  • अपिहिमाल गाउँपालिका, दार्चुला
  • ताराखोला गाउँपालिका, बागलुङ
  • चिङ्गाड गाउँपालिका, सुर्खेत
  • धनकौल गाउँपालिका, सर्लाही
  • चिशंखुगढी गाउँपालिका, ओखलढुङ्गा
  • पलता गाउँपालिका, कालिकोट
  • दोरम्बा गाउँपालिका, रामेछाप
  • मेल्लेख गाउँपालिका, अछाम

७० प्रतिशतसम्म अनुदान दिइने स्थानीय तहहरू

  • क्होलासोथार गाउँपालिका, लमजुङ
  • षडानन्द नगरपालिका, भोजपुर
  • ऐसेलुखर्क गाउँपालिका, खोटाङ
  • छत्रदेव गाउँपालिका, अर्घाखाँची
  • मकालु गाउँपालिका, संखुवासभा
  • सन्दकपुर गाउँपालिका, इलाम
  • रामनगर गाउँपालिका, सर्लाही
  • राजपुर नगरपालिका, रौतहट
  • नेचासल्यान गाउँपालिका, सोलुखुम्बु
  • ब्रह्मपुरी गाउँपालिका, सर्लाही
  • शिवनाथ गाउँपालिका, बैतडी
  • मार्मा गाउँपालिका, दार्चुला
  • सिम्ता गाउँपालिका, सुर्खेत
  • आठराई गाउँपालिका, तेह्रथुम
  • पन्चेश्वर गाउँपालिका, बैतडी
  • बराहताल गाउँपालिका, सुर्खेत
  • कौडेना गाउँपालिका, सर्लाही
  • महाबु गाउँपालिका, दैलेख
  • चुरे गाउँपालिका, कैलाली
  • सोताङ गाउँपालिका, सोलुखुम्बु
  • माडी गाउँपालिका, रोल्पा
  • कनकासुन्दरी गाउँपालिका, जुम्ला
  • मोलुङ गाउँपालिका, ओखलढुङ्गा
  • बिहादी गाउँपालिका, पर्वत
  • इस्मा गाउँपालिका, गुल्मी
  • मौलापुर नगरपालिका, रौतहट
  • फाकफोकथुम गाउँपालिका, इलाम
  • मेलुङ गाउँपालिका, दोलखा
  • रौतामाई गाउँपालिका, उदयपुर
  • फिक्कल गाउँपालिका, सिन्धुली
  • उदयपुरगढी गाउँपालिका, उदयपुर
  • मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गा
  • त्रिवेणी गाउँपालिका, रोल्पा
  • वरेङ गाउँपालिका, बागलुङ
  • कालीमाटी गाउँपालिका, सल्यान
  • मनाङ डिस्याङ गाउँपालिका, मनाङ
  • महादेवा गाउँपालिका, सप्तरी
  • यमुनामाई गाउँपालिका, रौतहट
  • पाँचपोखरी थाङपाल
  • गुरास गाउँपालिका, दैलेख
  • गाउँपालिका, सिन्धुपाल्चोक
  • पाँचखपन नगरपालिका, संखुवासभा
  • कैलाश गाउँपालिका, मकवानपुर
  • माङसेबुङ गाउँपालिका, इलाम
  • जिराभवानी गाउँपालिका, पर्सा
  • बँगलाचुली गाउँपालिका,दाङ
  • राक्सिराङ्ग गाउँपालिका, मकवानपुर
  • बुंगल नगरपालिका, बझाङ
  • याङवरक गाउँपालिका, पाँचथर
  • फालेलुङ गाउँपालिका, पाँचथर
  • छत्रेश्वरी गाउँपालिका, सल्यान
  • लिखु तामाकोशी गाउँपालिका, रामेछाप
  • रुन्टीगढी गाउँपालिका, रोल्पा
  • खाँडादेवी गाउँपालिका, रामेछाप
  • दुल्लु नगरपालिका, दैलेख
  • मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
  • छिन्नमस्ता गाउँपालिका, सप्तरी
  • बिष्णुपुर गाउँपालिका, सप्तरी
  • तिरहुत गाउँपालिका, सप्तरी
  • डिलासैनी गाउँपालिका, बैतडी
  • चौरीदेउराली गाउँपालिका, काभ्रेपलाञ्चोक
  • नरैनापुर गाउँपालिका, बाँके
  • आठबिसकोट नगरपालिका, रुकुम पश्चिम
  • नौमुले गाउँपालिका, दैलेख
  • खोटेहाङ गाउँपालिका, खोटाङ
  • राजगढ गाउँपालिका, सप्तरी
  • नौबहिनी गाउँपालिका, प्युठान
  • आलिताल गाउँपालिका, डडेलधुरा
  • पाणिनी गाउँपालिका, अर्घाखाँची
  • रघुगङ्गा गाउँपालिका, म्याग्दी
  • सोनमा गाउँपालिका, महोत्तरी
  • रैनादेवी छहरा गाउँपालिका, पाल्पा
  • कमला नगरपालिका, धनुषा
  • मुखियापट्टी मुसहरमिया
  • गाउँपालिका, धनुषा
  • वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
  • जुगल गाउँपालिका, सिन्धुपाल्चोक
  • खनियाबास गाउँपालिका, धादिङ
  • करैयामाई गाउँपालिका, बारा
  • विगु गाउँपालिका, दोलखा
  • तिलाठी कोईलाडी गाउँपालिका, सप्तरी
  • दूधपोखरी गाउँपालिका, लमजुङ
  • नवदुर्गा गाउँपालिका, डडेलधुरा
  • पञ्चपुरी नगरपालिका, सुर्खेत
  • जोरायल गाउँपालिका, डोटी
  • कुम्मायक गाउँपालिका, पाँचथर
  • हिलिहाङ गाउँपालिका, पाँचथर
  • नलगाड नगरपालिका, जाजरकोट
  • मादी नगरपालिका, संखुवासभा
  • सुनापती गाउँपालिका, रामेछाप
  • सुनिलस्मृति गाउँपालिका, रोल्पा
  • बिरुवा गाउँपालिका, स्याङ्जा
  • झिमरुक गाउँपालिका, प्युठान
  • गौरिशंकर गाउँपालिका, दोलखा
  • आदर्श कोटवाल गाउँपालिका, बारा
  • अर्नमा गाउँपालिका, सिराहा
  • बारागढी गाउँपालिका, बारा
  • आमाछोदिङमो गाउँपालिका, रसुवा
  • सुनकोशी गाउँपालिका, ओखलढुङ्गा
  • गङ्गादेव गाउँपालिका, रोल्पा
  • गौमुखी गाउँपालिका, प्युठान
  • घ्याङखेल गाउँपालिका, सिन्धुली
  • औरही गाउँपालिका, सिराहा
  • त्रिवेणी गाउँपालिका, रुकुम पश्चिम
  • सुवर्ण गाउँपालिका, बारा
  • कपुरकोट गाउँपालिका,सल्यान
  • डुङ्गेश्वर गाउँपालिका, दैलेख
  • छथर गाउँपालिका, तेह्रथुम
  • बसबरिया गाउँपालिका, सर्लाही
  • ऐरावती गाउँपालिका, प्युठान
  • बलान-विहुल गाउँपालिका, सप्तरी
  • भुमिकास्थान नगरपालिका, अर्घाखाँची
  • घिरिङ गाउँपालिका, तनहुँ
  • धुर्कोट गाउँपालिका, गुल्मी
  • शिखर नगरपालिका, डोटी
  • थासाङ गाउँपालिका, मुस्ताङ
  • कालीगण्डकी गाउँपालिका, गुल्मी
  • भगवानपुर गाउँपालिका, सिराहा
  • हलेसी तुवाचुङ नगरपालिका, खोटाङ
  • देवाही गोनाही नगरपालिका, रौतहट
  • मालिका गाउँपालिका, म्याग्दी
  • सखुवानान्कारकट्टी गाउँपालिका, सिराहा
  • छायानाथ रारा नगरपालिका, मुगु
  • पटेर्वा सुगौली गाउँपालिका, पर्सा
  • शैल्यशिखर नगरपालिका, दार्चुला
  • पर्सा गाउँपालिका, सर्लाही
  • कालिकामाई गाउँपालिका, पर्सा
  • सहिदभूमि गाउँपालिका, धनकुटा
  • जनकनन्दिनी गाउँपालिका, धनुषा
  • हरिहरपुरगढी गाउँपालिका, सिन्धुली
  • एकडारा गाउँपालिका, महोत्तरी
  • मिक्लाजुङ गाउँपालिका, पाँचथर
  • फाल्गुनन्द गाउँपालिका, पाँचथर
  • विष्णु गाउँपालिका, सर्लाही
  • काठेखोला गाउँपालिका, बागलुङ
  • धर्मदेवी नगरपालिका, संखुवासभा
  • माधव नारायण नगरपालिका, रौतहट
  • साम्सी गाउँपालिका, महोत्तरी
  • पाटन नगरपालिका, बैतडी
  • सिस्ने गाउँपालिका, रुकुम पूर्व
  • बुलिङटार गाउँपालिका, नवलपुर
  • खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोक
  • हरिनास गाउँपालिका, स्याङ्जा
  • मालारानी गाउँपालिका, अर्घाखाँची
  • गन्यापधुरा गाउँपालिका, डडेलधुरा
  • तेमाल गाउँपालिका, काभ्रेपलाञ्चोक
  • औरही नगरपालिका, महोत्तरी
  • राजपुर गाउँपालिका, दाङ
  • नेत्रावती डबजोङ गाउँपालिका, धादिङ
  • बनगाड नगरपालिका, सल्यान
  • नवराजपुर गाउँपालिका, सिराहा
  • लालझाडी गाउँपालिका, कञ्चनपुर

६० प्रतिशतसम्म अनुदान दिइने स्थानीय तहहरू

  • माण्डवी गाउँपालिका, प्युठान
  • पुर्वखोला गाउँपालिका, पाल्पा
  • लिसंखु पाखर गाउँपालिका, सिन्धुपाल्चोक
  • देवताल गाउँपालिका, बारा
  • गुल्मीदरबार गाउँपालिका, गुल्मी
  • लेकवेशी नगरपालिका, सुर्खेत
  • महाङ्काल गाउँपालिका, ललितपुर
  • माईजोगमाई गाउँपालिका, इलाम
  • ठुलिभेरी नगरपालिका, डोल्पा
  • चौरजहारी नगरपालिका, रुकुम पश्चिम
  • डुडुवा गाउँपालिका, बाँके
  • भुम्लु गाउँपालिका, काभ्रेपलाञ्चोक
  • सुखीपुर नगरपालिका, सिराहा
  • लक्ष्मीपुर पतारी गाउँपालिका, सिराहा
  • सूर्यगढी गाउँपालिका, नुवाकोट
  • बौधीमाई नगरपालिका, रौतहट
  • साँगुरीगढी गाउँपालिका, धनकुटा
  • मिथिला बिहारी नगरपालिका, धनुषा
  • हंसपुर नगरपालिका, धनुषा
  • रामगोपालपुर नगरपालिका, महोत्तरी
  • त्रिवेणी गाउँपालिका, सल्यान
  • बलरा नगरपालिका, सर्लाही
  • चामे गाउँपालिका, मनाङ
  • जहदा गाउँपालिका, मोरङ
  • बागचौर नगरपालिका, सल्यान
  • रिब्दिकोट गाउँपालिका, पाल्पा
  • धोबीनी गाउँपालिका, पर्सा
  • सरुमारानी गाउँपालिका, प्युठान
  • गुजरा नगरपालिका, रौतहट
  • भीमसेनथापा गाउँपालिका, गोरखा
  • कालिन्चोक गाउँपालिका, दोलखा
  • छथर जोरपाटी गाउँपालिका, धनकुटा
  • अजिरकोट गाउँपालिका, गोरखा
  • सखुवा प्रसौनी गाउँपालिका, पर्सा
  • म्याङलुङ नगरपालिका, तेह्रथुम
  • तादीगाउँ गाउँपालिका, नुवाकोट
  • बटेश्वर गाउँपालिका, धनुषा
  • वडिगाड गाउँपालिका, बागलुङ
  • बाग्मती गाउँपालिका, ललितपुर
  • सम्मरीमाई गाउँपालिका, रूपन्देही
  • ऋषिङ गाउँपालिका, तनहुँ
  • धनाजी गाउँपालिका, धनुषा
  • भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक
  • वाग्मती गाउँपालिका, मकवानपुर
  • महोत्तरी गाउँपालिका, महोत्तरी
  • शैलुङ गाउँपालिका, दोलखा
  • कविलासी नगरपालिका, सर्लाही
  • बहुदरमाई नगरपालिका, पर्सा
  • दुर्गा भगवती गाउँपालिका, रौतहट
  • बबई गाउँपालिका, दाङ
  • हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक
  • शितगंगा नगरपालिका, अर्घाखाँची
  • मंगला गाउँपालिका, म्याग्दी
  • स्वर्गद्वारी नगरपालिका, प्युठान
  • म्यगङ गाउँपालिका, नुवाकोट
  • दुप्चेश्वर गाउँपालिका, नुवाकोट
  • महालक्ष्मी नगरपालिका, धनकुटा
  • खाडाचक्र नगरपालिका, कालिकोट
  • विष्णुपुर गाउँपालिका, सिराहा
  • मरिण गाउँपालिका, सिन्धुली
  • शहिदनगर नगरपालिका, धनुषा
  • दशरथचन्द नगरपालिका, बैतडी
  • मल्लरानी गाउँपालिका, प्युठान
  • चैनपुर नगरपालिका, संखुवासभा
  • भेरी नगरपालिका, जाजरकोट
  • बडिमालिका नगरपालिका, बाजुरा
  • गंगाजमुना गाउँपालिका, धादिंङ
  • राजदेवी नगरपालिका, रौतहट
  • मादी गाउँपालिका, कास्की
  • भीमफेदी गाउँपालिका, मकवानपुर
  • नास गाउँपालिका, मनाङ
  • चन्द्रनगर गाउँपालिका, सर्लाही
  • गोडैटा नगरपालिका, सर्लाही
  • रम्भा गाउँपालिका, पाल्पा
  • विश्रामपुर गाउँपालिका, बारा
  • रोङ गाउँपालिका, इलाम
  • इन्द्रसरोवर गाउँपालिका, मकवानपुर
  • लालीगुराँस नगरपालिका, तेह्रथुम
  • दोर्दी गाउँपालिका, लमजुङ
  • शिवपुरी गाउँपालिका, नुवाकोट
  • चौबिसे गाउँपालिका, धनकुटा
  • रामेछाप नगरपालिका, रामेछाप
  • मालिका गाउँपालिका, गुल्मी
  • कोन्ज्योसोम गाउँपालिका, ललितपुर
  • दंगीशरण गाउँपालिका, दाङ
  • निस्दि गाउँपालिका, पाल्पा
  • पाख्रिवास नगरपालिका, धनकुटा
  • फलेवास नगरपालिका, पर्वत
  • अन्नपूर्ण गाउँपालिका, म्याग्दी
  • हरिपुर्वा नगरपालिका, सर्लाही
  • यशोधरा गाउँपालिका, कपिलवस्तु
  • मनरा शिसवा नगरपालिका, महोत्तरी
  • सबैला नगरपालिका, धनुषा
  • बोदेबरसाइन नगरपालिका, सप्तरी
  • देवानगञ्ज गाउँपालिका, सुनसरी
  • नगराइन नगरपालिका, धनुषा
  • मंगलसेन नगरपालिका, अछाम
  • बौदीकाली गाउँपालिका, नवलपुर
  • छत्रकोट गाउँपालिका, गुल्मी
  • गोकुलगङ्गा गाउँपालिका, रामेछाप
  • जगरनाथपुर गाउँपालिका, पर्सा
  • अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा
  • फेटा गाउँपालिका, बारा
  • सुनकोशी गाउँपालिका,सिन्धुली
  • प्रसौनी गाउँपालिका, बारा
  • छिपहरमाई गाउँपालिका, पर्सा
  • मर्स्याङदी गाउँपालिका, लमजुङ
  • रूपनी गाउँपालिका, सप्तरी
  • जैमिनी नगरपालिका, बागलुङ
  • तारकेश्वर गाउँपालिका, नुवाकोट
  • हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी
  • भोक्राहा नरसिंह गाउँपालिका, सुनसरी
  • गोलन्जोर गाउँपालिका, सिन्धुली
  • भंगाहा नगरपालिका, महोत्तरी
  • नरहा गाउँपालिका, सिराहा
  • गढीमाई नगरपालिका, रौतहट
  • कल्याणपुर नगरपालिका, सिराहा
  • कोटहीमाई गाउँपालिका, रूपन्देही
  • उत्तरगया गाउँपालिका, रसुवा
  • माई नगरपालिका, इलाम
  • परोहा नगरपालिका, रौतहट
  • विजयनगर गाउँपालिका, कपिलवस्तु
  • साँफेबगर नगरपालिका, अछाम
  • त्रिपुरासन्दरी गाउँपालिका,सिन्धुपाल्चोक
  • तीनपाटन गाउँपालिका, सिन्धुली

५० प्रतिशतसम्म अनुदान दिइने स्थानीय तहहरू

  • बारपाक सुलिकोट गाउँपालिका, गोरखा
  • चन्दननाथ नगरपालिका, जुम्ला
  • शम्भुनाथ नगरपालिका, सप्तरी
  • पैयूं गाउँपालिका, पर्वत
  • सिरानचोक गाउँपालिका, गोरखा
  • मोदी गाउँपालिका, पर्वत
  • शान्तिनगर गाउँपालिका, दाङ
  • डाक्नेश्वरी नगरपालिका, सप्तरी
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ
  • ईशनाथ नगरपालिका, रौतहट
  • इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
  • जिरी नगरपालिका, दोलखा
  • हरिपुर नगरपालिका, सर्लाही
  • आरुघाट गाउँपालिका, गोरखा
  • लोहरपट्टी नगरपालिका, महोत्तरी
  • विदेह नगरपालिका, धनुषा
  • धनुषाधाम नगरपालिका, धनुषा
  • रोशी गाउँपालिका, काभ्रेपलाञ्चोक
  • रुपा गाउँपालिका, कास्की
  • शुद्दोधन गाउँपालिका,कपिलवस्तु
  • लक्ष्मिनिया गाउँपालिका, धनुषा
  • अग्नीसाइर कृष्णासवरन गाउँपालिका, सप्तरी
  • परशुराम नगरपालिका, डडेलधुरा
  • आँधिखोला गाउँपालिका, स्याङ्जा
  • कटहरिया नगरपालिका, रौतहट
  • रोल्पा नगरपालिका, रोल्पा
  • ठोरी गाउँपालिका, पर्सा
  • भेरिगङ्गा नगरपालिका, सुर्खेत
  • गौरिगंज गाउँपालिका, झापा
  • नारायण नगरपालिका, दैलेख
  • औरहि गाउँपालिका, धनुषा
  • मुसिकोट नगरपालिका, रुकुम पश्चिम
  • देवघाट गाउँपालिका, तनहुँ
  • गणेशमान चारनाथ नगरपालिका, धनुषा
  • अन्नपूर्ण गाउँपालिका, कास्की
  • सुरुङ्गा नगरपालिका, सप्तरी
  • जयपृथ्वी नगरपालिका, बझाङ
  • गल्कोट नगरपालिका, बागलुङ
  • ज्वालामूखी गाउँपालिका, धादिङ
  • हरिनगर गाउँपालिका, सुनसरी
  • मायादेवी गाउँपालिका, कपिलवस्तु
  • त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ
  • राप्तीसोनारी गाउँपालिका, बाँके
  • कैलारी गाउँपालिका, कैलाली
  • माछापुछ्रे गाउँपालिका, कास्की
  • सुस्ता गाउँपालिका, नवलपरासी
  • गण्डकी गाउँपालिका, गोरखा
  • माथागढी गाउँपालिका, पाल्पा
  • सारदा नगरपालिका, सल्यान
  • वृन्दावन नगरपालिका, रौतहट
  • मकवानपुरगढी गाउँपालिका, मकवानपुर
  • गुर्भाकोट नगरपालिका, सुर्खेत
  • मुसिकोट नगरपालिका, गुल्मी
  • पकाहा मैनापुर गाउँपालिका, पर्सा
  • कर्जन्हा नगरपालिका, सिराहा
  • फेदीखोला गाउँपालिका, स्याङ्जा
  • गढी गाउँपालिका, सुनसरी
  • सिद्धिचरण नगरपालिका, ओखलढुङ्गा
  • कालीगण्डकी गाउँपालिका, स्याङ्जा
  • तामाकोशी गाउँपालिका, दोलखा
  • बेलडाँडी गाउँपालिका, कञ्चनपुर
  • बकैया गाउँपालिका, मकवानपुर
  • बिन्दबासिनी गाउँपालिका, पर्सा
  • बलवा नगरपालिका, महोत्तरी
  • बलेफी गाउँपालिका, सिन्धुपाल्चोक
  • घरपझोङ गाउँपालिका, मुस्ताङ
  • महाराजगंज नगरपालिका, कपिलवस्तु
  • गोसाईकुण्ड गाउँपालिका, रसुवा
  • ईश्वरपुर नगरपालिका, सर्लाही
  • सिद्धलेक गाउँपालिका, धादिङ
  • गढवा गाउँपालिका, दाङ
  • राईनास नगरपालिका, लमजुङ
  • मटिहानी नगरपालिका, महोत्तरी
  • जलजला गाउँपालिका, पर्वत
  • पोखरिया नगरपालिका, पर्सा
  • दिपायल सिलगढी नगरपालिका, डोटी
  • सुनवर्षी नगरपालिका, मोरङ
  • गल्याङ नगरपालिका, स्याङ्जा
  • जानकी गाउँपालिका, बाँके
  • फतुवाबिजयपुर नगरपालिका, रौतहट
  • हुप्सेकोट गाउँपालिका, नवलपुर
  • वाह्रविसे नगरपालिका, सिन्धुपाल्चोक
  • रुरुक्षेत्र गाउँपालिका, गुल्मी
  • खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु
  • ढोरपाटन नगरपालिका, बागलुङ
  • पञ्चकन्या गाउँपालिका, नुवाकोट
  • बगनासकाली गाउँपालिका, पाल्पा
  • तिनाउ गाउँपालिका, पाल्पा
  • चुलाचुली गाउँपालिका, इलाम
  • सत्यवती गाउँपालिका, गुल्मी
  • चन्द्रकोट गाउँपालिका, गुल्मी
  • भोजपुर नगरपालिका, भोजपुर
  • पिपरा गाउँपालिका, महोत्तरी
  • किस्पाङ गाउँपालिका, नुवाकोट
  • भजनी नगरपालिका, कैलाली
  • बेथानचोक गाउँपालिका, काभ्रेपलाञ्चोक
  • सुनकोशी गाउँपालिका,सिन्धुपाल्चोक
  • जोशीपुर गाउँपालिका, कैलाली
  • बर्जु गाउँपालिका, सुनसरी
  • पचरौता नगरपालिका, बारा
  • मर्चवारी गाउँपालिका, रूपन्देही
  • कोशी गाउँपालिका, सुनसरी
  • पर्सागढी नगरपालिका, पर्सा
  • वैतेश्वर गाउँपालिका, दोलखा
  • खडक नगरपालिका, सप्तरी
  • सप्तकोशी नगरपालिका, सप्तरी
  • जानकी गाउँपालिका, कैलाली
  • महागढीमाई नगरपालिका, बारा
  • लिखु गाउँपालिका, नुवाकोट
  • कृष्णपुर नगरपालिका, कञ्चनपुर
  • नमोबुद्ध नगरपालिका, काभ्रेपलाञ्चोक
  • पाल्हिनन्दन गाउँपालिका, नवलपरासी
  • बरियारपट्टी गाउँपालिका, सिराहा
  • परवानीपुर गाउँपालिका, बारा
  • सिम्रौनगढ नगरपालिका, बारा
  • झापा गाउँपालिका, झापा
  • मिक्लाजुङ गाउँपालिका, मोरङ
  • बर्दगोरिया गाउँपालिका, कैलाली
  • बेलकोटगढी नगरपालिका, नुवाकोट
  • कचनकवल गाउँपालिका, झापा
  • गौशाला नगरपालिका, महोत्तरी
  • लुम्बिनी सांस्कृतिक नगरपालिका, रूपन्देही
  • बेलौरी नगरपालिका, कञ्चनपुर
  • सरावल गाउँपालिका, नवलपरासी
  • प्रतापपुर गाउँपालिका, नवलपरासी
  • गरुडा नगरपालिका, रौतहट
  • सिरहा नगरपालिका, सिराहा
  • दोधारा चाँदनी नगरपालिका, कञ्चनपुर
  • फुङ्लिङ नगरपालिका, ताप्लेजुङ
  • मन्थली नगरपालिका, रामेछाप
  • गौरीगङ्गा नगरपालिका, कैलाली
  • बरहथवा नगरपालिका, सर्लाही
  • जानकी गाउँपालिका, कैलाली
  • वेलका नगरपालिका, उदयपुर
  • देउमाई नगरपालिका, इलाम
  • कालिका गाउँपालिका, रसुवा
  • शहिद लखन गाउँपालिका, गोरखा
  • गेरुवा गाउँपालिका, बर्दिया
  • चापकोट नगरपालिका, स्याङ्जा
  • सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बु
  • धनपालथान गाउँपालिका, मोरङ
  • कानेपोखरी गाउँपालिका, मोरङ
  • भीरकोट नगरपालिका, स्याङ्जा
  • गजुरी गाउँपालिका, धादिंग
  • महाकाली नगरपालिका, दार्चुला
  • फिदिम नगरपालिका, पाँचथर
  • राजापुर नगरपालिका, बर्दिया
  • बागमती नगरपालिका, सर्लाही

४० प्रतिशतसम्म अनुदान दिइने स्थानीय तहहरू

  • चौदण्डीगढी नगरपालिका, उदयपुर
  • भिमाद नगरपालिका, तनहुँ
  • कपिलवस्तु नगरपालिका, कपिलवस्तु
  • कञ्चनरूप नगरपालिका, सप्तरी
  • बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ
  • रंगेली नगरपालिका, मोरङ
  • मध्यनेपाल नगरपालिका, लमजुङ
  • धनगढीमाई नगरपालिका, सिराहा
  • मिर्चैया नगरपालिका, सिराहा
  • गोलबजार नगरपालिका, सिराहा
  • प्युठान नगरपालिका, प्युठान
  • खाँदवारी नगरपालिका, संखुवासभा
  • दुधौली नगरपालिका,सिन्धुली
  • क्षिरेश्वरनाथ नगरपालिका, धनुषा
  • मलंगवा नगरपालिका, सर्लाही
  • घोडाघोडी नगरपालिका, कैलाली
  • बन्दिपुर गाउँपालिका, तनहुँ
  • मिथिला नगरपालिका, धनुषा
  • गैडहवा गाउँपालिका, रूपन्देही
  • चौतारा साँगाचोकगढी
  • नगरपालिका, सिन्धुपाल्चोक
  • ककनी गाउँपालिका, नुवाकोट
  • शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर
  • गल्छी गाउँपालिका, धादिङ
  • पुनर्वास नगरपालिका,कञ्चनपुर
  • थाहा नगरपालिका, मकवानपुर
  • जलेश्वर नगरपालिका, महोत्तरी
  • कृष्णनगर नगरपालिका, कपिलवस्तु
  • बाह्रदशी गाउँपालिका, झापा
  • रोहिणी गाउँपालिका, रूपन्देही
  • ग्रामथान गाउँपालिका, मोरङ
  • कटहरी गाउँपालिका, मोरङ
  • कोल्हवी नगरपालिका, बारा
  • इच्छाकामना गाउँपालिका, चितवन
  • राजविराज नगरपालिका, सप्तरी
  • भानु नगरपालिका, तनहुँ
  • हरिवन नगरपालिका, सर्लाही
  • रेसुङ्गा नगरपालिका, गुल्मी
  • अमरगढी नगरपालिका, डडेलधुरा
  • बढैयाताल गाउँपालिका, बर्दिया
  • बेदकोट नगरपालिका, कञ्चनपुर
  • हल्दीबारी गाउँपालिका, झापा
  • बाँसगढी नगरपालिका, बर्दिया
  • ठाकुरबाबा नगरपालिका, बर्दिया
  • पुतलीबजार नगरपालिका, स्याङ्जा
  • कन्चन गाउँपालिका, रूपन्देही
  • पालुङटार नगरपालिका, गोरखा
  • मण्डनदेउपुर
  • नगरपालिका, काभ्रेपलाञ्चोक
  • कुश्मा नगरपालिका, पर्वत
  • बर्दिबास नगरपालिका, महोत्तरी
  • ओमसतिया गाउँपालिका, रूपन्देही
  • बैजनाथ गाउँपालिका, बाँके
  • मनहरी गाउँपालिका, मकवानपुर
  • रामपुर नगरपालिका, पाल्पा
  • बेनी नगरपालिका, म्याग्दी
  • लालबन्दी नगरपालिका, सर्लाही
  • लमही नगरपालिका, दाङ
  • भिमेश्वर नगरपालिका, दोलखा
  • कमल गाउँपालिका, झापा
  • धुनीबेंशी नगरपालिका, धादिङ
  • थाक्रे गाउँपालिका, धादिङ
  • लम्किचुहा नगरपालिका, कैलाली
  • रामधुनी नगरपालिका, सुनसरी
  • गौरादह नगरपालिका, झापा
  • शिवराज नगरपालिका, कपिलवस्तु
  • मध्यविन्दु नगरपालिका,नवलपुर
  • धनकुटा नगरपालिका, धनकुटा
  • वालिङ नगरपालिका, स्याङजा
  • लहान नगरपालिका, सिराहा
  • बुढीगङ्गा गाउँपालिका, मोरङ
  • बराहक्षेत्र नगरपालिका, सुनसरी
  • माडी नगरपालिका, चितवन
  • कलैया उपमहानगरपालिका, बारा
  • बेसीशहर नगरपालिका, लमजुङ
  • मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक
  • शिवसताक्षी नगरपालिका, झापा
  • दुहवी नगरपालिका,सुनसरी
  • ईलाम नगरपालिका, इलाम
  • बुद्धशान्ति गाउँपालिका, झापा
  • पथरी शनिश्चरे नगरपालिका, मोरङ
  • राप्ती नगरपालिका, चितवन
  • नीलकण्ठ नगरपालिका, धादिङ
  • टिकापुर नगरपालिका, कैलाली
  • रतुवामाई नगरपालिका, मोरङ
  • लेटाङ नगरपालिका, मोरङ
  • बुद्दभुमी नगरपालिका, कपिलवस्तु
  • गौर नगरपालिका, रौतहट
  • म्याग्दे गाउँपालिका, तनहुँ
  • खजुरा गाउँपालिका, बाँके
  • मधुवन नगरपालिका, बर्दिया
  • गुलरिया नगरपालिका, बर्दिया
  • निजगढ नगरपालिका, बारा
  • राप्ती गाउँपालिका, दाङ
  • मायादेवी गाउँपालिका, रूपन्देही
  • सन्धिखर्क नगरपालिका, अर्घाखाँची
  • विनयी त्रिवेणी गाउँपालिका, नवलपुर
  • कटारी नगरपालिका, उदयपुर
  • बारबर्दिया नगरपालिका, बर्दिया
  • सुन्दरबजार नगरपालिका, लमजुङ
  • केराबारी गाउँपालिका, मोरङ
  • सूर्योदय नगरपालिका, इलाम
  • चन्द्रपुर नगरपालिका, रौतहट
  • बागलुङ नगरपालिका, बागलुङ
  • कालिका नगरपालिका, चितवन
  • आँबुखैरेनी गाउँपालिका, तनहुँ
  • बेलवारी नगरपालिका, मोरङ
  • शङ्खरापुर नगरपालिका, काठमाडौं
  • रामग्राम नगरपालिका, नवलपरासी
  • इनरुवा नगरपालिका, सुनसरी
  • धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक
  • तानसेन नगरपालिका, पाल्पा
  • बाणगङ्गा नगरपालिका, कपिलवस्तु
  • सियारी गाउँपालिका, रूपन्देही
  • गोदावरी नगरपालिका, कैलाली
  • देवचुली नगरपालिका, नवलपुर
  • सुद्धोधन गाउँपालिका, रूपन्देही
  • गोरखा नगरपालिका, गोरखा
  • कमलामाई नगरपालिका, सिन्धुली
  • बर्दघाट नगरपालिका, नवलपरासी

३० प्रतिशतसम्म मात्रै अनुदान दिइने स्थानीय तहहरू

  • देवदह नगरपालिका, रूपन्देही
  • पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोक
  • कन्काई नगरपालिका, झापा
  • बिरगंज महानगरपालिका, पर्सा
  • भद्रपुर नगरपालिका,झापा
  • त्रियुगा नगरपालिका,उदयपुर
  • उर्लाबारी नगरपालिका, मोरङ
  • जीतपुरसिमरा उपमहानगरपालिका, बारा
  • अर्जुनधारा नगरपालिका, झापा
  • दक्षिणकाली नगरपालिका, काठमाडौं
  • विदुर नगरपालिका, नुवाकोट
  • तुल्सीपुर उप महानगरपालिका, दाङ
  • पनौती नगरपालिका, काभ्रेपलाञ्चोक
  • खैरहनी नगरपालिका, चितवन
  • सैनामैना नगरपालिका, रूपन्देही
  • कावासोती नगरपालिका, नवलपुर
  • सुनवल नगरपालिका, नवलपरासी
  • व्यास नगरपालिका, तनहुँ
  • कोहलपुर नगरपालिका, बाँके
  • सुन्दरहरैचा नगरपालिका, मोरङ
  • मेचीनगर नगरपालिका, झापा
  • बीरेन्द्रनगर नगरपालिका, सुर्खेत
  • भिमदत्त नगरपालिका, कञ्चनपुर
  • जनकपुरधाम उपमहानगरपालिका, धनुषा
  • बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक
  • कीर्तिपुर नगरपालिका, काठमाडौं
  • रत्ननगर नगरपालिका, चितवन
  • चाँगुनारायण नगरपालिका, भक्तपुर
  • गोदावरी नगरपालिका, ललितपुर
  • गोकर्णेश्वर नगरपालिका, काठमाडौं
  • सिद्धार्थनगर नगरपालिका, रूपन्देही
  • नेपालगंज उप महानगरपालिका, बाँके
  • मध्यपुर थिमी नगरपालिका, भक्तपुर
  • कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं
  • शुक्लागण्डकी नगरपालिका, तनहुँ
  • गैंडाकोट नगरपालिका, नवलपुर
  • घोराही उप महानगरपालिका, दाङ
  • धनगढी उपमहानगरपालिका, कैलाली
  • दमक नगरपालिका, झापा
  • देवदह नगरपालिका, रूपन्देही
  • पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोक
  • कन्काई नगरपालिका, झापा
  • बिरगंज महानगरपालिका, पर्सा
  • भद्रपुर नगरपालिका,झापा
  • त्रियुगा नगरपालिका,उदयपुर
  • उर्लाबारी नगरपालिका, मोरङ
  • जीतपुरसिमरा उपमहानगरपालिका, बारा
  • अर्जुनधारा नगरपालिका, झापा
  • दक्षिणकाली नगरपालिका, काठमाडौं
  • विदुर नगरपालिका, नुवाकोट
  • तुल्सीपुर उप महानगरपालिका, दाङ
  • पनौती नगरपालिका, काभ्रेपलाञ्चोक
  • खैरहनी नगरपालिका, चितवन
  • सैनामैना नगरपालिका, रूपन्देही
  • कावासोती नगरपालिका, नवलपुर
  • सुनवल नगरपालिका, नवलपरासी

२० प्रतिशतसम्म मात्रै अनुदान दिइने स्थानीय तहहरू

  • भरतपुर महानगरपालिका, चितवन
  • ललितपुर महानगरपालिका, ललितपुर
  • पोखरा महानगरपालिका, कास्की
  • काठमाडौं महानगरपालिका, काठमाडौं
  • विराटनगर महानगरपालिका, मोरङ
  • तारकेश्वर नगरपालिका, काठमाडौं
  • विर्तामोड नगरपालिका, झापा
  • चन्द्रागिरी नगरपालिका, काठमाडौं
  • हेटौडा उप महानगरपालिका, मकवानपुर
  • नागार्जुन नगरपालिका, काठमाडौं
  • बुढानिलकण्ठ नगरपालिका, काठमाडौं
  • भक्तपुर नगरपालिका,भक्तपुर
  • महालक्ष्मी नगरपालिका, ललितपुर
  • बुटवल उपमहानगरपालिका, रूपन्देही
  • धरान उप महानगरपालिका, सुनसरी
  • सूर्यविनायक नगरपालिका, भक्तपुर
  • तिलोत्तमा नगरपालिका, रूपन्देही
  • टोखा नगरपालिका, काठमाडौं
  • ईटहरी उप महानगरपालिका, सुनसरी

समपूरक अनुदानको अधिकतम सीमा घटाइयो

समपूरक अनुदानअन्तर्गत निर्माण गरिने पूर्वाधारको लागि न्यूनतम र अधिकत सीमा तोकिएको हुन्छ। ‘समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१’ ले यस्तो सीमा घटाइएको छ।

यसअघि  गाउँपालिका/नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना/कार्यक्रमको कुल लागत सीमा १ करोडदेखि ७ करोड राखिएको छ। यसअघि १ करोडदेखि १० करोड रुपैयाँसम्म थियो ।

उपमहागरपालिका र महानगरबाट कार्यान्वयन गरिने आयोजना कार्यक्रमको कुल लागतको सीमा ३ करोडदेखि १५ करोडसम्मका आयोजनामा प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि  ५ करोडदेखि २५ करोडसम्म रहेको थियो।

पालिका प्रेस
थप जानकारी