भीमफेदी गाउँ पालिकाको वडा नम्बर १ स्थित सानुटार, घुमाउने, याङराङ खोलामा विभिन्न श्रोतहरुबाट जम्मा ४७ लाखको बस्ती संरक्षण कार्य भइरहेको छ । प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाको स्वकीय सचीव आशिष अस्लामीका अनुसार–बस्ती गत असोज १२, २०८१ को बाढीले जोखिम स्थितीबाट गुज्रिएको थियो । अहिले उक्त वस्तिले राहत महसुस गरेका छन् ।

स्थानीय गेम बहादुर लामाले भने–‘सानोटार वस्ती एकातिर राप्ती खोला र अर्कोतर्फ याङराङ खोलाको जोखिममा छ । असोजमा गएको बाढीले झण्डै याङराङ खोलाको पुल बगाएन । यो पुलको संरक्षण घुमाउने वस्ती र सानोटारको संरक्षणको लागि यो कार्य भएकोमा खुशी लागेको छ ।’ सो योजनाको पहल कदमी गरेर व्यवस्थापन भएकोमा सांसद महेश कुमार बर्तौलालाई लामाले धन्यवाद दिए ।

बस्ति संरक्षणका लागि संघीय सरकारको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई चितवनको ३० लाख रुपैयाँ र बागमती प्रदेस सरकारको भू तथा जलाधार व्यवस्थापन कार्यालय, हेटौंडाको १७ लाख रुपैयाँ बराबरको योजना संचालन भएको हो । अहिले त्यहाँ स्थानीय दक्ष र अदक्ष जनशक्ति गरि करिव २० जना कममा जोडिरहेका छन् ।

पालिका प्रेस
थप जानकारी