सुरक्षित आप्रवासन (सामी) कोे प्रदेश कार्यक्रम समन्वय समितिको बैठक सम्पन्न भएको छ । सोमबार सामीको चौथो चरणको बैठक हेटौंडामा सम्पन्न भएको हो । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको अध्यक्षतामा सम्पन्न बैठकले ७ बुँदे निर्णय गरेको हो ।

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको बैठकले प्रदेशको १ सय वटा स्थानीय तहहरुमा कार्यक्रम विस्तार गर्ने लक्ष्य निर्धारण गर्नेदेखि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम विस्तार गर्दै जाने क्रममा आगामी आर्थिक बर्षको लागि श्रम, रोजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालय÷स्वास्थ्य निर्देशनालयबाट आवश्यक बजेट विनियोजनको सुनिश्चतता गर्ने लगाएतको निर्णय गरिएको हो ।

सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी सेवा प्रभावकारी बनाउन सम्बन्धित कार्यालय, बिभाग र मन्त्रालयबीच समन्वय बैठक संचालन गर्ने निर्णय गरिएको छ । यस्तै, प्रदेश स्तरमा सामी कार्यक्रमको आबधिक प्रगती समीक्षा र कार्ययोजना तर्जुमा कार्यक्रम गर्ने तथा श्रम, रोजगार तथा याताथात मन्त्रालय अन्तर्गत सम्बन्धित महाशाखा शाखा एकाइ तथा प्रदेश रोजगार सूचना केन्द्रको सबलिकरण कार्यक्रम गर्ने निर्णय भएको छ ।

श्रम, रोजगार मन्त्री प्रेमभक्त महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव बिरेन्द्रदेव भारतीको सह–अध्यक्षता रहेको थियो । यस्तै, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, वरिष्ठ आप्रवासन विज्ञ स्वीजरल्याण्ड राजदुताबासका राजकुमार ढुंगानाको उपस्थिती रहेको थियो ।
यस्तै, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेल, स्वास्थ्य मन्त्रालय जनक दाहाल र श्रम रोजगार तथा यातायात मन्त्रालयका अधिकृत आठौं तथा सामी फोकल पर्सन तिर्थराज उपाध्यायको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी