मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ खोलघारीका किसान कृष्णबहादुर मोक्तान दोहो¥याएका जनप्रतिनीधि हुन् । वि.सं. २०७४ सालमा वडा सदस्य पदमा निर्वाचित कृष्ण बहादुरलाई २०७९ को स्थानीय तहको निर्वाचनमा पनि जनताले अनुमोदन गरे ।
जनताको सुख दुःखका सारथि बनेका कृष्ण बहादुर सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । योजना, तर्जुमा होस् या सार्वजनिक सुनुवाई नै किन नहोस गाउँ/टोल, वडा भेलामा पुगिहाल्छन् । अहिले वडाध्यक्ष विष्णु बहादुर गुरुङ ६ महिनाको विदेश भ्रमणमा गएपछि हाल कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।यहि सक्रियताले नै जनताले उनलाई पत्याएका हुन् ।
जनप्रतिनीधि भइभई गरिने सामाजिक कामको अलवा उनले ट्राउट पालनबाट राम्रो आम्दानी गरेका छन् । उनले माछापालनसँगै किवी र तरकारी खेती गरेर वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले दुई रोपनी जग्गामा ट्राउट लागि ९ खण्डको पोखरी (रेसवे) निर्माण गरी व्यावसायिक मत्स्यपालन शुरु गरेका हुन् । ‘युनिक कृषि फर्म’ नामक फर्म दर्ता गरेर उनले ५ हजार इन्द्रेणी ट्राउट र ७ हजार रैथाने असला माछा पालन गरेका छन् ।
कुनै समय काठमाडौंमा बस्ने र ड्राइभरको काम गरेका मोक्तान वैदेशिक रोजगारीका लागि साउदी अरब जान मेडिकल जाँचमा असफल भएपछि केही गर्न आफ्नै गाउँ फर्केका थिए । “काठमाडौंमा गाडी चलाउने गर्थेँ। नुवाकोटका साथीको सल्लाहपछि गाउँ फर्किएर खेती गर्न थालें। काभ्रेपलान्चोकका साथीले पनि माछापालनका लागि प्राविधिक सहयोग गरे,’ उनले भने ।
काठमाडौंको गोदावरीमा जाँच गर्दा आफ्नो क्षेत्रको सामुदायिक वनको पानी ट्राउट माछापालनका लागि उपयुक्त देखिएपछि उनले इन्द्रेणी ट्राउट माछापालन सुरु गरेको बताए । आफ्नै पैसा र सहकारीबाट ऋण लिएर ट्राउट पालन सुरु गरेको उनको भनाइ छ । ट्राउट माछा प्रतिकिलो १ हजार ७ र असला १ हजार २ सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए । यहाँ उत्पादन हुने माछा हेटौंडा, काठमाडौं र स्थानीय रूपमा दामन, पालुङ र सिम्भञ्ज्याङमा खपत हुने गरेको छ । ‘बजारको समस्या छैन, उत्पादन गर्न सकेमा बिक्री हुन्छ। सर्वसाधारण माछा किन्न फार्ममा आउँछन्, माग भए अन्य बजारमा पनि पु¥याउँछौँ,’ उनले भने। उनको ट्राउट फार्म र किवी खेतीमा तीन जनाले रोजगारी पाइरहेका छन् ।
उनको माछा पोखरीबाट बग्ने पानीलाई घट्ट सञ्चालनमा प्रयोग गरेका छन् । आगामी दिनमा रिसोर्ट निर्माण गरी स्थानीय पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ अघि बढिरहेको उनको भनाइ छ । त्यसैगरी बाँझो र जग्गामा ८ रोपनीमा किवी फलफूल रोपेका छन् भने तरकारी खेतीका लागि पाँचवटा पोली टनेलसमेत निर्माण गरेका छन् । उनले करिब २० रोपनी जग्गामा काउली, बन्दाबी, गाजर, मूला, आलुलगायत तरकारी खेती गरेर वार्षिक सात लाख आम्दानी हुन्छ ।
प्रतिक्रिया दिनुहोस्