मकवानपुरगढी गाउँपालिकामा कोदो र फापरबाट बन्ने परिकारलाई स्थानीय सरकारले प्रसय दिएको छ । गाउँपालिका क्षेत्रत्रिका होटल तथा रेष्टुरेन्टहरुमा कोदो र फापरले बनेका परिकार स्थानीयलाई खुवाउनका लागि गाउँपालिका लागिपरेको छ । स्थानीय स्तरमानै उब्जनी हुने कोदो र फापरका परिकार बनाएर बिक्री गर्नेहरुलाई तालिम समेत दिएर काममा लगाउन लागिएको हो । मकवानपुरगढीका सबै वडाहरुमा कोदो र फापरको राम्रो उब्जनी हुन्छ । यसलाई प्राथमिकताका साथ गाउँपालिकाले पनि अनुदानको व्यवस्था गरेको छ ।

यसैगरी मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा माघ २७ गते देखि सचालित रैथाने बाली कोदो र फापरको परिकार बनाउने तालिम आज एक समारोहका वीच सम्पन्न भएको छ । स्थानीय उत्पादन प्रवर्द्वन, विविधिकरण र व्यवसायीकरण गर्न उदेश्यले स‍चालन गरिएको तालिममा सवै वडाको प्रतनिधित्व हुने गरि होमस्टे, होटल, खाजा घरका स‌चालक एवम् कृषि प्राविधिक गरि २२ जनाको सहभागिता रहेको थियो ।

तालिममा कोदो र फापरको विभिन्न परिकारहरु मम, पिज्जा, दुनोट, हलुवा, निमकिन, बिस्कुट पाउरोटी, महफिन, प्यान केक, कप केक, बटर केक, बाल आहार, लिटो लगायतका परिकारहरु बनाउन सिकाइएको छ ।

नेपाल कृषि अनुसन्धान परिषदका खाद्य वैज्ञानिक प्रविण ओझाले परिकार बनाउन सहजीकरण गर्नुभएको थियो भने बाली विकास तथा जैविक विवधता स‌रक्षण केन्द्रका प्रमुख सहसचिव डा‍ रामकृष्ण श्रेष्ठले रैथाने बालीको महत्व र उपयोगिताको विषयमा सहजीकरण गरेका थिए ।

गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा तालिम कार्यक्रम समापन गरिएको हो । समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, मुख्य प्रशिक्षक प्रविण ओझा, ३ नम्बरका वडाध्यक्ष भागवत घिमिरे, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, मनकामना दुग्ध सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल लगायतका उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी