जिल्ला कृषि ज्ञान केन्द्र पर्साले पर्सागढी नगरपालिका वडा नम्बर ३ झुलीटारमा रहेको सुनाखरी कृषि सहकारी संस्थामा संगठित १ सय किसानलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी वितरण गरेको छ ।

बाली वृद्धि विकासअन्तर्गत गहुँ ब्लक क्षेत्र कार्यक्रम लागू गरेको पर्सागढी नगरपालिकाले वडा नम्बर ३ झुलीटारमा रहेको सुनाखरी कृषि सहकारी संस्थासँग आबद्ध किसानलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी वितरण गरेको जिल्ला कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत श्यामकिशोर कुर्मीले बताए ।

सुनाखरी कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती भट्टराईका अनुसार गहुँ ब्लक क्षेत्रमा गहुँ खेती गरेका किसानलाई सिँचाइका लागि सहज होस् भनी कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा ५० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी वितरण गरिएको बताए । ४ हजार ४ सय रुपैयाँमा खरिद गरिएको स्प्रे ट्यांकी किसानलाई २ हजार २ सयमा वितरण गरिएको उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी