
बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यातायात व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार कटिबद्ध भएको बताएका छन् । यातायात व्यवसायीहरुलाई बाधा अवरोध पुर्याउँदै आएका ऐन, कानुनहरु प्रदेश सरकारले सरोकारवालाहरुको सुझाव लिएर संशोधन गर्न तयार रहेको उनले जानकारी गराए ।
नारायणी यातायात व्यवसायी संघ हेटौंडाको ३६ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री लामाले भने, ‘बिमालाई व्यवस्थित गर्न र दुर्घटनामा परेकाहरुको औषधि उपचारका लागि प्रदेश सरकारले कोष स्थापना गर्ने तयारी गरिरहेका छौं ।’ यातायात व्यवसायीहरुको समस्या समाधान गर्न प्रदेश सरकार कटिबद्ध रहेको मुख्यमन्त्री लामाले बताए ।
उक्त कार्यक्रममा श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन यातायात व्यवसायीहरुबाट बाग्मती प्रदेशको राजस्व संकलनमा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । गत आवमा यातायात व्यवसायीहरुबाट १३ अर्बभन्दा बढी राजस्व संकलन भएको जानकारी गराएका थिए ।
नारायणी यातायात व्यवसायी संघमा १३ हजार यातायात व्यवसायी आवद्ध छन् ।
प्रतिक्रिया दिनुहोस्