
मकवानपुर थाहा नगरपालिका क्षेत्रका ५० जना युवालाई बारिस्ता तालिम दिन शुरु गरिएको छ । थाहा नगरपालिकाले स्थानीय युवलाई सीपमूलक तालिम दिएर व्यावसायिक बनाउने उद्देश्यले १५ दिने कफी मेकर (बारिस्ता) तालिम सुरु गरिएको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए ।
युवालाई सीपमूलक तालिम प्रदान गरी गाउँ मै रोजगारी सृजना गर्ने उद्देश्यले नगरपालिकाले तालिमको आयोजना गरिएको शाखा प्रमुख लामिछानेले बताए । कफी व्यवसायतर्फ युवाहरुको आकर्षण बढेकाले तालिम आयोजना गरेको नगरपालिकाले जनाएको छ । पछिल्लो समय कफी सबैको प्रिय पेयपदार्थका रुपमा विकास भइरहेकोले यो व्यावसायबाट युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने उद्देश्ययले तालिम आयोजना गरिएको थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्टले बताए ।
पछिल्लो समय युवाहरूसँग सामान्य सीप समेत नहुँदा बेरोजगार बढ्दै गइरहेको समस्यालाई मध्येनजर गरेर तालिमको आयोजना हुनु प्रभावकारी हुने नगर उपप्रमुख भरत गोपालीको भनाइ छ । तालिम थाहाको वडा नम्बर १ ओखरबजारको सयपत्री होटलमा भइरहेको छ । तालिमको सहभागीहरुलाई रबिन तामाङले सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्