
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता लागूऔषध कारोबारमा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत पश्चिम नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गाउँपालिकामा निर्वाचित अध्यक्षसहित अर्का रघुनाथ धोवीलाई दोषी ठहर गरेको हो । धोवी गाउँपालिकाले राखेका प्रहरी हुन् । उनीहरु दोषी ठहरिए पनि सजाय फागुन २९ मा तोकिने अदालतले जनाएको छ ।
अध्यक्ष गुप्ता माओवादीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनलाई कति सजाय हुने भन्ने फागुन २९ गते निर्धारण हुने अदालत स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्