थाहानगरको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मनमोहन मेमोरियल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय बढिले स्वास्थ्य परीक्षण गराएका छन् । सहकारी संस्थाको प्रागणमा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, नाक कान घाँटी सहित भिडियो एक्सरे सुबिधा सहित स्वास्थ परीक्षण गरिएको थियो ।

मनमोहन मेमोरियल शिक्षण अस्पतालबाट आएका डाक्टर मुज श्रेष्ठको नेतृत्वमा अस्पतालका सिनियर सर्जन नेतृत्त्वमा डा.मनोर दिन सैयद (स्त्री तथा प्रसुती), डा.निराजन सुबेदी (हाडजोर्नी तथा नशा), डा.इबराज सिम्खडा (फिजिसियन ररेडियोलोजीं, डा.दिबित अधिकारी (नाक,कान,घाटी), डा.राजेन्द्र ढुंगाना (जनरल मेडिसिन), पदम खड्का (फार्मेसी), सन्जिब गिरी(फार्मेसी), सुनिला श्रेष्ठ (नर्सिंग),संजिव कंडेल(अस्पताल प्रशासन) रंजित गिरीले (फार्मेसी र ब्यबस्थापन) सहितको विशेषज्ञ टोलिले स्वास्थ्य परीक्षण गरेका थिए ।

स्त्री रोग सम्बन्धि उपचारका लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ । शिविरबाट रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको छ । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधिको वितरण गरिएको थियो। शिविरमा १ सय १० जनाको भिडियो एक्सरे सेवा लियको तथा पाठेघरमा मासु पलाएको २ जना, पाठेघरको मुखको भीआइए १ सय २७ जना, २० जनाको एलबीसी, डिम्बको सीवाइएसटी १ जना र शिविरमा १ सय ५० जना महिलाले स्त्रीरोग विशेषज्ञबाट पाठेघरको चेकजाँच गरियको सिनियर डाक्टर मुज श्रेष्ठले जानकारी दिए।

शिविरमा सामान्य चिकित्सय रुघाखोकी, ज्वरो, दम, छाती ७० जना, जनरल सर्जरी ४० जना, पाइल्स २८ जना, शरीरमा गाठागुठी १५ जना, हाडजोर्नी १५० जनाले स्वास्थ्य परीक्षण गरिएको हो। शिविरमा खासगरी महिलाहरु पाठेघरको समस्या र हाडजोर्नीको समस्या लियर आएको उपचारमा संलग्न चिकित्सक डाक्टर मनोरदिम सैयादले बताए । शिविरमा माइग्रेनका समस्या भएका बिरामिले पनि स्वास्थ्य उपचार गराएका थिए ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख गोपालीले ११५ औं नारी दिवसको शुभकामना दिदै रोग पालेर नबस्न आग्रह गर्दै विशेष महिलाहरुमा हुने रोगको समयमानै पहिचान गरी रोगको रोकथाम गर्न आग्रह गरे । गोपालीले नगरमा अस्पताल निर्माणको चरणमा रहेकोले यस्ता स्वास्थ्य शिविरले जनस्वास्थ्यमा जनताको पहुँच पुर्याउन मद्दत गर्ने गरेको बताए ।

आयोजक संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आएको बताए । विष्टले वार्षिक कार्यतालिका नै बनाएर यस्तो कार्यक्रम गर्ने जानकारी दिए । उनले मनमोहन मेमोरियल अस्पतालमा पालुङ बहुउद्देश्यीय संस्थाको सदस्यहरुलाई २५ प्रतिशत छुटमा उपचार गर्ने व्यवस्था समेत मिलाइएको जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी