
जिल्ला प्रशासन कार्यालय मकवानपुरले होलीलाई अनुशासित, मर्यादित र व्यवस्थित तवरले मनाउन अनुरोध गरेको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै आफ्फ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार, खुशी एवम् स्वतन्त्रता संकुचित नहुने गरी होली मनाउन आग्रह गरेको हाे ।
सांस्कृतिक एकताको पर्व होली मनाउने नाममा हालैका वर्षमा अनावश्यक तडकभडक सहित विभिन्न खर्चिला र भड्किला कार्यक्रम हुने गरेको पाइएको सूचनामा उल्लेख गरिएको छ । होली अवसरमा शान्ति सुव्यवस्थामा प्रतिकूल असर पर्ने गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, झैझगडा गर्ने, कसैको इच्छाविपरित जवरजस्ती रंग दल्ने, पानीको वेलुन/लोला हान्ने, पानी छ्याप्ने, पानीको फोहोरा हान्ने, कसैलाई इच्छाविपरित मादकपदार्थ वा नसालुपदार्थ सेवन गराउने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, व्यक्तिको पारिवारिक तथा सामाजिक जनजीवन र सामाजिक मर्यादामा खलल पार्ने जस्ता अमर्यादित गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्