नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिले पार्टीलाई बुझाउनु पर्ने लेबी घटाएको छ । चैत १० गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले लेबी घटाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार कांग्रेसले नियमावली २०७६ (परिच्छेद ७) को नियम २३ (५) मा रहेको व्यवस्थालाई संशोधन गर्दै लेबी रकम घटाउने निर्णय गरेको हो।
नयाँ निर्णय अनुसार कांग्रेसले पहिला लिने गरेको लेबी रकम आधा कम गरेको छ ।
नियमावलीमा जिल्ला समन्वय समिति सदस्य, गाउँ/नगर वडा अध्यक्षले प्राप्त गर्ने मासिक पारिश्रमिकको १० प्रतिशत र गाउँ/नगर वडा सदस्य र कार्यपालिका सदस्यले प्राप्त गर्ने मासिक पारिश्रमिकको ५ प्रतिशत रकम पार्टीलाई अनिवार्य बुझाउनुपर्ने व्यवस्था थियो ।
केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले यो व्यवस्थालाई संशोधन गर्दै जिसस सदस्य, गाउँ/नगर वडा अध्यक्षले प्राप्त गर्ने मासिक पारिश्रमिकको ५ प्रतिशत र गाउँ/नगर वडा सदस्य र कार्यपालिका सदस्यले प्राप्त गर्ने मासिक पारिश्रमिकको २ प्रतिशत अनिवार्य बुझाउनुपर्ने बनाएको हो।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्