
मकवानपुर जिल्लाका १० स्थानीय तहमा संघीय सरकारबाट १६ जना कृषि तथा पशुपन्छी प्राविधिक कार्यरत रहेको जनाइएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले नामावलीसहित सार्वजनिक गरेको विवरणमा उक्त तथ्याङ्क उल्लेख गरिएको छ । संघीय सरकारको सशर्त अनुदान साँझेदारीबाट स्थानीय तहबाट तलब भत्ता भुक्तानी हुने गरी प्राविधकहरुले काम गर्दै आएका छन् ।
जिल्लाका दश पालिकाहरुमा ४ जना पशु प्राविधिक र बाँकी १२ जना कृषितर्फका प्राविधिक रहेको मन्त्रालयको अभिलेख छ । जिल्लाको ५ स्थानीय तहमा भने ‘एक गाउँ, एक प्राविधिक’ (ओभिओटी) नै नभएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका, मनहरी, मकवानपुरगढी तथा बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा ‘एक गाउँ, एक प्राविधिक’ नभएको मन्त्रालयको सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा कृषि र पशुका १/१ जना प्राविधिक संघीय सरकारको सशर्त अनुदान साँझेदारीमा कार्यरत छन् । थाहा नगरपालिकामा दुई कृषि प्राविधिक कार्यरत छन् । कैलाश गाउँपालिकामा ३ जना कृषि प्राविधिक, भीमफेदीमा २ पशु प्राविधिक र ३ कृषि प्राविधिक कार्यरत छन् भने बकैया गाउँपालिकामा ३ कृषि र १ पशु प्राविधिक कार्यरत छन् ।
नेपाल सरकारले किसानहरु समक्ष कृषि र पशु सम्बन्धी आधारभूत प्राविधिक सेवा सहजै पु¥याउने उद्देश्यले वि.सं. २०७३ सालमा एक गाउँ एक प्राविधिक सेवा व्यवस्थापन कार्यविधि अनुसार कृषि र पशु प्राविधिकहरुको नियुक्ति गरेको थियो । ति प्राविधिकहरु संघीयता कार्यान्वयनसंगै पालिकाहरुमा समायोजन भएका छन् । तत्कालिन जिल्ला कृषि तथा पशु विकास कार्यलयहरु अन्तर्गत रहने गरी साविक गाविस कार्य क्षेत्र तोकिएको प्राविधिकहरु कार्यक्षेत्रकै साविक गाविसमा रहने गरी गाभिएको पालिका अन्तर्गत कार्यरत छन् । उनीहरुको तलब भत्तामा संघीय सरकारले साँझेदारी गर्दै आएको छ ।
हेर्नुहोस मकवानपुरका प्राविधिकहरुको नामावलीः
प्रतिक्रिया दिनुहोस्