
मकवानपुर जिल्ला बुद्धिचाल संघको चौथो साधारणसभा भएको छ । साधारणसभाबाट दीपक खड्काको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । खड्काको अध्यक्षतामा ७ सदस्यीय समिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका प्रमुख नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले जानकारी दिए । खड्का हेटौँडा उपमहानगरपालिका १४ नम्बर वडा अध्यक्ष समेत हुन ।
साधारणसभाबाट संघको उपाध्यक्षमा रुपा ढुंगाना, सचिवमा किसन घिसिङ, कोषाध्यक्षमा बुद्ध सापकोटा, सदस्यमा साहिल खान, कृष्णप्रसाद सापकोटा र रुपक अधिकारी चयन भएका छ । साधारणसभामा संघको आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पारित भएको छ । किसन घिसिङको सभाध्यक्षतामा भएको साधारणसभामा नेपाल बुद्धिचाल संघको मकवानपुरगढी, हेटौंडा उपमहानगरपालिका र बकैयाको प्रतिनिधीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्