हेटौंडामा बागमती प्रदेशस्तरीय लोक भजन प्रतियोगिता गरिदै छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मकवानपुरको आयोजनामा प्रदेश स्तरिय कार्यक्रम गर्न लागिएको हो । यही २६ वैशाखमा हेटौंडामा गरिने प्रतियोगितामा प्रदेशका विभिन्न जिल्ला र मकवानपुरका स्थानीय तहबाट सहभागिता रहने छ ।

हेटौंडामा २२ वैशाखमा आयोजित पत्रकार सम्मेलन मार्फत संस्थाका केन्द्रीय सदस्य नारायण रेग्मी र जिल्ला अध्यक्ष रुकमिडी ढुंगानाले यस कार्यक्रमका लागि प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले सहयोग गर्ने बताए । प्रतियोगितामा प्रथम हुने समुहले नगद ३० हजार, द्धितिय हुनेले नगद २० हजार, तृतिय हुनेले नगद १० हजार र सान्त्वना दुइ वटा टिमलाइ ५ हजारका दरले दिइने भएको छ ।

पालिका प्रेस
थप जानकारी