सरकारले सुदूर पश्चिम प्रदेशस्थित चार जिल्लासहित पाँच स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा सरकारले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तह र प्रदेश १ को एक स्थानीय तह गरी पाँच स्थानीय तहलाई २०७९ वैशाख मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

गृह मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा डोटीको शिखर गाउँपालिका, डडेलधुराको भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिका, दार्चुलाको नौगाड गाउँपालिका र सुनसरीको वराहक्षेत्र नगरपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

विपद् जोखिन न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा एकले दिएको अधिकार प्रयोग गर्दै सरकारले पाँच स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जनाइएको छ ।

सरकारले यस अघि मुलुकभरमा विभिन्न १० जिल्लाका ३३ स्थानीय तहलाई माघ मसान्तसम्म विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो भने पछिल्लो समय सिन्धुपाल्चोक, मनाङ र बागलुङलाई यस अघि २०७८ असोज मसान्तसम्मका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

पालिका प्रेस
थप जानकारी