
मकवानपुर–काठमाडौँ जोड्ने सडक अन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नं. ४ महालक्ष्मी खोला नजिकमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा सात क्विण्डल कुखुरा मरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले प्रदेश २–०३–००१ च ६७७ नम्बरको कुखुरा लोड बोलेरो पिकअप गाडी भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा पर्ने महालक्ष्मी खोला नजिक सोमबार दुर्घटना हुँदा करिब सात क्विण्टल कुखुरा मरेको जनाएको छ । प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको कुखुरा लोड भएको उक्त बोलेरो पिकअप गाडी उकालो चढ्न नसकी पछाडि ब्याक भई सडकको दाईने साईडको भित्तामा ठोक्किएपछि पल्टिएर दुर्घटना भएको हो ।
गाडीमा लोड भएको १२ क्विन्टल कुखुरामध्ये करिब सात क्विन्टल कुखुरा मरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बोलेरो गाडीमा क्षतिभएको छ भने मानवीय क्षति भएको छैन ।
प्रतिक्रिया दिनुहोस्