
मकवानपुर थाहा नगरपालिकामा क्रियाशील पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर विमोचन गरिएको छ ।
२६ वैशाखमा थाहाबजार स्थित गंगा होटलमा आयोजित एक समारोहमा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबु अर्यालले क्यालेण्डर विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख अर्यालले पालुङ जेसीजले जेसीज अभियानमा फरक पहिचान बनाउँदै निरन्तर सफलता प्राप्त गर्न सफल हुन शुभकामना दिए ।
शाखाका अध्यक्ष माधव कार्कीको सभाध्यक्षतामा भएको विमोचन कार्यक्रममा बोर्डका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्