
महालेखा परीक्षकको कार्यालयले ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले ३१ वैशाखमा प्रतिवेदन सार्वजनिक गरेको हो । यो प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१ को हो ।
प्रतिवेदन अनुसार मकवानपुरमा सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ । प्रतिवेदनमा मकवानपुरका दश स्थानीय तह मध्ये बकैया गाउँपालिकामा कम बेरुजु देखिएको हो ।
बकैयामा ०.६० प्रतिशत मात्रै बेरुजु देखिएको छ, भने थाहा नगरपालिकामा सबैभन्दा बढी २.६० प्रतिशत बेरुजु देखिएको छ । यस्तै राक्सिराङमा ०.७५ प्रतिशत, हेटौडा उपमहानगरपालिकाको २.३३ प्रतिशत, इन्द्र्रसरोवर गाउँपालिका १.४२ प्रतिशत, कैलाश गाउँपालिका १.४५ प्रतिशत, बागमती गाउँपालिकाको २.१३, भीमफेदी गाउँपालिकाको १.०४ प्रतिशत मकवानपुरगढी गाउँपालिकाको १.०९ प्रतिशत र मनहरी गाउँपालिकाको १.८७ प्रतिशत बेरुजू देखिएको छ ।
यस्तो छ, १० पालिकाको बेरुजूः
प्रतिक्रिया दिनुहोस्