मकवानपुर थाहा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौंट प्रतियोगितामा १३ स्वर्णसहित जनकल्याण माविले आग्रता लिएको छ । २९ कार्तिकबाट थाहानगरको इन्द्रायणी चौर खेल मैदानमा शुरु भएको प्रतियोगितामा इअन बोर्डिङ, बज्रवाराही मावि र सुनौला माविले १/१ स्वर्ण पदक हात पारेको थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

त्यसैगरी रजत पदक प्राप्त गर्नेहरुमा झम्केश्वरी मावि र सुनौला मावि संगसंगै छन् । उनीहरुले ४/४ रजत पदक पाएका छन् । बागेश्वरी माविले ३, जनकल्यण र नाट्यश्वरले २/२ र मत्स्यनारायण माविले १ रजत पदक पाएका छन् ।

काश्य पदक पाउने विद्यालयहरुमा जनकल्याण मावि अग्र स्थानमा छ । जनकल्याणले ६ काश्य पदक पाउँदा बागेश्वरी माविले ३, सुनौला मावि र झम्केश्वरी माविले २/२ तथा नाटेश्वर मावि, इअन बोर्डिङ, र बज्रवाराही माविले १/१ काश्य पदक पाएका छन् ।

हेर्नुहोस् खेल विधागत पदक पाउने विद्यार्थी तथा विद्यालयहरुः (तथ्याङ्क स्रोतः थाहा नगरपालिका शिक्षा शाखा)

 

 

पालिका प्रेस
थप जानकारी