
मकवानपुरको लामीडाँडा नजिकै १४ जना यात्रु बोकेको विइङर गाडी दुर्घटनामा घाइते भएका हरुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ६ जेठ दिउँसो १ बजेको समयमा मकवानपुर भिमफेदी गाउँपालिका ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्टी मोड नजिकै चित्लाङबाट सर्लाहीको लालबन्दी जादै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्वरको विङ्गर गाडी दुर्घटना भएको हो ।
गाडी सडक देखी करिब २० मिटर तल खसी दुर्घटनाभै सल्लाको रूखमा अड्किको थियो ।
यि हुन् घाइतेहरूः
- सर्लाही लालबन्दी नगरपालिका १५ बस्ने बर्ष २८ कि अम्वरी लो
- लालबन्दी नगरपालिका १६ बस्ने बर्ष ३६ को रितिक राई
- लालबन्दी नगरपालिका १६ बस्ने पदम बहादुर श्रेष्ठ
- लालबन्दी नगरपालिका १६ बस्ने राजाराम बस्नेत
- लालबन्दी नगरपालिका १ बस्ने बर्ष ५६ को कमल थापा
- लालबन्दी नगरपालिका १६ बस्ने बर्ष ३० कि शान्ता बि.क
- लालबन्दी नगरपालिका ४ का सरोज कुमार चौधरी
- लालबन्दी १५ का निर्मला बि.क
- लालबन्दी १५ सिमा घलान
- लालबन्दी नगरपालिका ५ बस्ने बर्ष ५० को समिर सुबेदी
- लालबन्दी १६ कि कल्पना बि.क
- लालबन्दी १५ कि निलिमा खड्का
- लालबन्दी १५ कि सुस्मा बि.क
- लालबन्दी १६ बस्ने बर्ष ३२ कि पवित्रा घिसिङ
प्रतिक्रिया दिनुहोस्