महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा बैंकको पालुङ शाखाले एक कार्यक्रम गरी मनाएको छ । थानाबजार स्थित कार्यालयमा ७ जेठमा शुभकामना आदानप्रदान सहित वार्षिककोत्सव मनाएको हो । सो अवसरमा बैंकले आफ्ना शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु सञ्चालन गरेको छ ।

पालुङ शाखाका शाखा प्रमुख नितेस पाण्डेले वार्षिकोत्सव कार्यक्रममा शुभकामना दिदै ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरे । ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच थाहा नगरपालिका भित्रका जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न बित्तिय संस्थाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी