मकवानपुरको इन्द्रसरोवर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा ‘अध्यक्ष कप महिला भलिबल तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति इन्द्रसरोवरको ८ जेठको निर्णयानुसार २३ जेठबाट प्रतियोगिता हुने खेलकुद विकास समितिका अध्यक्ष रत्नबहादुर थापाले जानकारी दिए ।
प्रतियोगिता इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ को हेवी खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा भाग लिनका लागि १३ जेठमा सूचना प्रकाशन गरी समितिले आव्हान गरेको छ ।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेलकुद विकास समिति इन्द्रसरोवरले जनाएको छ ।





















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्