मकवानपुर थाहा नगरपालिकामा ७ असारबाट उपमेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु हुने भएको छ । थाहा आन्दोलनका प्रेणता रुपचन्द्र विष्टको स्मृति दिवसको अवसर पारेर तीन दिनसम्म प्रतियोगिता शुरु हुन लागेको हो ।
छैठौं संस्करणको यो प्रतियोगिता थाहा नगरपालिकाको आयोजना तथा थाहानगर ब्याडमिन्टन संघको व्यवस्थापनका हुन लागेको हो । असार ७, ८ र ९ गते सञ्चालन हुने नगरस्तरीय प्रतियोगितामा थाहा नगरपालिका क्षेत्रमा कार्यरत कर्मचारीहरुले समेत भाग लिन पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टिमले २० हजार, दोस्रोले १२, तेस्रोले ६ हजार ५ सय र उत्कृष्ट खेलाडीले ५ हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने भएकाछन् ।
प्रतियोगितामा सहभागी हुनका लागि ५ असार साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने प्रतियोगिताका संयोजक च्याङ श्रेष्ठले जानकारी दिए । प्रतियोगिता थाहा–४ क्याम्पाडाँडा स्थित कबर्डहलमा सञ्चालन हुने बिमल विष्टले जानकारी दिएका छन् । प्रतियोगिताको सहयोगी संस्थामा शिखर क्लब र फरक सोच रहेका छन् भने पालिका प्रेस सहित थाहापाटी, लालखबर, थाहा टाइम्स, टिम टिभी, बाइरोड र रेडियो दामन मिडिया पार्टनर रहेको नरेन्द्र लामाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्