ललितपुरको महालक्ष्मी नगरपालिकाको केन्द्र परिवतृन गर्न संघीय सरकारले स्वीकृति दिएको छ ।

महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ कमलपोखरीमा रहेकामा अब यसको कार्यालय वडा नम्बर ८ को लुभुस्थित देवीस्थानमा हुनेछ । नगरपालिकाले स्थापनापछि पहिलोपटक नगरको केन्द्र परिवर्तन गर्न संघीय सरकारसमक्ष सिफारिस गरेको थियो ।

स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्नुपरेमा संघीय सरकारले अनुमती दिनुपर्ने कानुनी व्यवस्था छ । मन्त्रिपरिषदको यो निर्णयसँगै अब महानगरको केन्द्र लुभुमा सर्ने भएको छ । लुभु यो नगरपालिकाको प्रमुख आर्थिक तथा व्यापारिक बजार पनि हो ।

मन्त्रीपरिषदले दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ४ को केन्द्र परिवर्तन गर्नसमेत स्वीकृति दिएको छ । अब चिराघाटमा भएको वडा कार्यालय जुम्लेकुलामा सर्ने भएको छ ।

पालिका प्रेस
थप जानकारी