मकवानपुरको थाहामा धारिलो हतियार प्रहार गरी देवरले भाउजूको हत्या गरेका छन् ।

मकवानपुरको थाहा नगरपालिका- १ कुन्छाल बस्ने मनोज गोपालीकी श्रीमती वर्ष ५० कि तुलमाया गोपालीलाई छिमेकी देवर नाता पर्ने सोही स्थान बस्ने वर्ष ३५ को बिमलमान गोपालीले धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीवार २:२० को समयमा गोपालीले धारिलो हतियार प्रहार गरी टाउको र जिउ छुट्टिएको अवस्थामा घटनास्थलमा नै मृत्यु भएको छ।
धारिलो हतियार प्रहार गर्ने गोपालीलाई थाहा नगरपालिका -३ थानाबजारबाट प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनास्थलको प्रारम्भिक अनुसन्धान पुरा गरि शव पोस्टमार्टमको लागि शिक्षण् अस्पताल काठमाण्डौ पठाइएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

पालिका प्रेस
थप जानकारी