यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा ५७ करोड ४२ लाख ७६ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट उक्त राजश्व संकलन भएको हो । यस अवधिमा साना र ठूला गरी ६ हजार ९५ नयाँ सवारी साधन दर्ता भएका कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा एक करोड ३५ लाख ५९ हजार बढी राजस्व तथा एक हजार छसय ९६ बढी नयाँ सवारी साधन दर्ता भएका छन् । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा नयाँ सवारी साधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायत शीर्षकबाट ५६ करोड सात लाख १७ हजार राजश्व संकलन गरेको थियो । उक्त आर्थिक वर्षमा कार्यालयले चार हजार तीनसय ९९ सवारी साधन दर्ता गरेको प्रमुख श्रेष्ठले बताएका छन् । आर्थिक वर्ष २०८१/८२ मा सवारी साधन चालक अनुमतिपत्र वितरणबाट नौ करोड ६२ लाख ८१ हजार, सवारी करबाट ३४ करोड ७९ लाख ९८ हजार यातायात क्षेत्रको आम्दानीबाट आठ करोड ९५ लाख ९४ हजार, सीयतातर्फ चार करोड तीन लाख ९४ हजार तथा बेरुजुबाट आठ हजार राजस्व सड्ढलन भएको छ ।
यस्तै, आार्थिक वर्ष २०८१/८२ मा मोटरसाइकल तीन हजार २२५, टेम्पो र ई–रिक्सा ८८९, जीप र कार र भ्यान ७६१, क्रेनर डोजर र एक्साभेटर र ट्रक ६८६, माइक्रो बस २८६, बस १४१, मिनी बस २० तथा ट्याक्टर १२ वटा दर्ता भएका प्रमुख श्रेष्ठले जानकारी दिए । यस अवधिमा सात हजार १२० सवारी चालक अनुमतिपत्र वितरण गरिएको छ । सो अवधिमा ६ हजार ३७१ नवीकरण, ९२ प्रतिलिपी, ९७ वटा नवीकरण र प्रतिलिपी दिइएको कार्यालयले जनाएको छ । यसैबीच श्रम तथा रोजगार कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा ४८ बाल श्रमिकको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।
आव २०८१/८२ मा ३१७ उद्योग प्रतिष्ठानमा गरिएको अनुगमनका क्रममा फेला परेका उनीहरूको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । सो क्रममा बालबालिकालाई बालश्रमिकको रूपमा काममा लगाउने ३० उद्योग प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाहीसमेत गरिएको कार्यालय प्रमुख रुद्रनारायण साहले जानकारी दिए । ती उद्योग प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी चार लाख ४२ हजार जरिवाना तथा पाँच लाख १६ हजार क्षतिपूर्ति तिराइएको कार्यालय प्रमुख साहले बताएका छन् । आर्थिक वर्ष २०८१/८२ मा २५१ उद्योग प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठुला उद्योग प्रतिष्ठानमा न्यूनतम पारि श्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख साहले बताएका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा श्रमसम्बन्धी व्यक्तिगत र सामूहिक ९१ उजुरी दर्ता भएकामा ५९ उजुरी फछ्र्यौट गरिएको उनले बताए । कार्यालय प्रमुख साहका अनुसार आठ प्रतिष्ठानको खाता रोक्का गरिएको र केही उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइएको तथा श्रमिक र व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रम समेत गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा ९५ उद्योग प्रतिष्ठानको अनुगमन गरेको सो कार्यालयले बालबालिकालाई बालश्रमिकको रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरेको थियो ।



















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्