बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले १८ साउनमा राजिनामा दिने भएका छन् । १८ साउनमा मन्त्रिपरिषद् बैठक राखेर लगत्तै पत्रकार सम्मेलन गरी प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी लामाको छ।
यसअघि उनले १७ साउनमै राजीनामा दिने भनिएको थियो। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपचार जारी रहेकाले मुख्यमन्त्री लामाले राजीनामा नदिने भएका हुन्।
राजीनामा प्रदेश प्रमुखलाई बुझाउनपर्ने भएकाले मुख्यमन्त्री आजलाई रोकिएको उनीनिकट सांसद रामकृष्ण चित्रकारले जानकारी दिए। मूत्र प्रणालीमा संक्रमण भएपछि प्रदेश प्रमुख देवकोटा १५ साउनदेखि काठमाडौँस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचाररत छन्।
उनको सचिवालयका अनुसार देवकोटाको स्वास्थ्य अवस्था खतरामुक्त भइसकेको छ र १७ साउन साँझसम्म डिस्चार्ज हुने सम्भावना छ। प्रदेश प्रमुख उपचारमा रहेका राजीनामा दिन १७ साउनमै हेटौँडा आइपुग्ने भनेका मुख्यमन्त्री लामा पनि अहिले काठमाडौँमै छन्।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्