मकवानपुर थाहा नगरपालिकाले जै घाँसको विउ खरिदका लागि सूचना प्रकाशन गरेको छ । नगरपालिकाले २९ साउनमा सार्वजनिक सूचना प्रकाशन गर्दै घाँसको बिउ खरिद गर्ने जनाएको छ ।

१३ भाद्रसम्म बिक्रेताले दरखास्त दिन सक्ने गरी बोलपत्र आव्हान गरेको थाहा नगरपालिकाले जनाएको छ । पालिकालको सूचना अनुसार १३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँको बिउ खरिद गर्न लागेको छ ।

यसैबीच थाहा नगरपालिकाले ५० प्रतिशत अनुदानमा जै घाँस वितरण गर्ने भन्दै १५ साउनमै सूचना प्रकाशन गरिसकेको छ । १५ दिन म्याद राखेर नगरपालिकाले सूचना प्रकाशन गरेको थियो ।

 

पालिका प्रेस
थप जानकारी