मकवानपुरका स्थानीय तहहरुले आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको ३२ करोड २२ लाख रुपैयाँ फिर्ता गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा खर्च गर्न नसकेको रकम फिर्ता गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ दुई अर्ब ९४ करोड, वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब १२ करोड ३४ लाख, समपूरक अनुदानतर्फ पाँच करोड ५७ लाख र विशेष अनुदानतर्फ तीन करोड ५० लाख निकासा गरिएकामा खर्च गर्न नसकेर ३२ करोड २२ लाख फिर्ता आएको हेटौंडाका कोष तथा लेखानियन्त्रण कार्यालय प्रमुख दिनेश रेग्मीले जानकारी दिए । विभिन्न कारणले स्थानीय तहले समयमा कार्यक्रम गर्न नसक्नु, समयमा योजना सफल गर्न नसक्नुलगायत कारणले सशर्त अनुदानतर्फको बजेट फिर्ता भएको प्रमुख रेग्मीले बताए ।

त्यसैगरी, बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा खर्च गर्न नसकेको ४२ करोड फिर्ता भएको प्रमुख रेग्मीले बताए । बागमती प्रदेश सरकारलाई आर्थिक वर्ष २०८१/८२ मा ११ अर्ब ९६ करोड बजेट निकासा दिएपनि ११ अर्ब ४७ करोड मात्र खर्च गर्न सकेकाले ४९ करोड रकम फिर्ता भएको प्रमुख रेग्मीको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी