पुनरुत्थानशिलता विश्लेषण तथा जीविको पार्जन सम्वन्धी विस्तृत अध्यन कार्यक्रम ४ फागुनमा हेटौंडामा भएको छ । लचिलोपनको विश्लेषणका लागि जीविकोपार्जन अभ्यासमा जिल्ला स्तरीय परामर्श कार्यशाला भएको हो । राष्ट्रिय योजना आयोग, बागमती प्रदेश नीति तथा योजना आयोग, जिल्ला समन्वय समिति मकवानपुर र संयुक्त राष्ट्रिसंघीय विस्व खाद्यय कार्यक्रमको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा बिश्व खाध्य कार्यक्रमका बागमती प्रदेश संयोजक राजु क्षेत्री प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा जीवननिर्वाहका साधनहरु, जलवायु परिवर्तन र यसले खाद्य सुरक्षामा पार्न सक्ने असरहरुको पहिचान गर्ने अवधारणा प्रस्तुत गरे । यो अवधारणाले जलवायु परिवर्तन हुँदा कुन कुन जीवन निर्वाह पद्धतिका समुदाय बढि प्रभावित हुनेछन, कुन क्षेत्रको उत्थानशीलता कस्तो छ र ति क्षेत्रहरु कति जोखिममा छन् भनेर विश्लेषण गर्ने बताइएको छ । नेपालको सन्दर्भमा यो अवधारणाको अभ्यास राष्ट्रिय योजना आयोगको नेतृत्वमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र विश्व खाद्य कार्यक्रमको सहकार्यमा कर्णाली र सुदुर पश्चिम प्रदेशमा सम्पन्न भै सकेको र हाल बाँकी पाँच प्रदेश मध्य लुम्बिनी र प्रदेश २ मा सञ्चालन भै राखेको छ ।

जीविकोपार्जनका साधनका आधारमा जीविकोपार्जन क्षेत्रहरु को पहिचान, जीविकोपार्जनका क्षेत्रहरुमा मानिसहरुको उत्थानशीलता, विगतमा भएका र भविष्यमा हुन सक्ने जलवायु परिवर्तनका असरहरु र खाद्य सुरक्षाको दृष्टिकोणले ती क्षेत्रहरुकोे जोखिमता सम्बन्धि विश्लेषण गर्ने, लक्षित क्षेत्रहरुको पहिचान गर्न, जलवायु परिवर्तन अनुकुलन र खाद्य सुरक्षाका लागि पुनरुत्थान सम्बन्धि नीति तथा कार्यक्रम र आयोजना निर्माणमा सहयोग गर्नका लागि हो ।

तापक्रम र वर्षाको परिदृष्य निर्माण, भविष्यमा हुने जलवायु जोखिमको दृष्य, शुन्य भोकमरी प्राप्तिका लागि खाद्य सुरक्षा रणनीति तथा नीति निर्माणका लागि प्रमाण, खाद्य सुरक्षा विश्लेषणका लागि सुचनाको श्रोत, आर्थिक सर्वेक्षणका लागि उपयुक्त क्षेत्रको छनौट गर्नुपर्ने क्षेत्रीले प्रस्तुतीकरणमा बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले दिगो विकासको लक्ष्य प्राप्तीका लागि स्थानीय तहको सकृयता आवश्यक रहेको बताए । ।

उनले भोकमरीको अन्त्य, खाद्य सुरक्षा, पोषणमा सुधार र दिगो कृषि प्रवर्द्धन जस्ता दिगो विकासका लक्ष्यहरू हासिल गर्न स्थानीय तहको सकृयता आवश्यक रहेको बताउनुभयो । उहाँले आईपर्ने विपतको सामना गर्न र आफ्नो पालीकाको उत्पादन बृद्धिमा स्थानीय तहले निति निर्माण गर्दा विशेष ध्यान दिन जरुरी रहेको बताए । यस्तै प्रमुख खुलालले जलवायु परिर्वतनको असर कम गर्ने तर्फ ध्यान दिनुपर्ने साथै निति निर्माण गर्दा तल्लो तहको बिश्लेषण हुन जरुरी रहेको औल्याए ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य राजु नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली, कैलाश गाउँपालिकाका कार्यबाहक अध्यक्ष सुकुमायाँ थिङ, बिश्व खाध्य कार्यक्रमका बागमती प्रदेश संयोजक राजु क्षेत्री लगायतकाको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी