स्थानीय तहको संख्या ७५३ कि ७६६ बनाउने भन्ने बहस सकिएको छ ।  ३० वैशाख २०७९ मा हाल कायम ७५३ स्थानीय तहमै निर्वाचन हुने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पाँच वर्षअघि राजनीतिक सहमतिका आधारमा १३ स्थानीय तह थप्ने निर्णय  भएको भए पनि अहिले नथपिने भएको हो ।  प्रदेश १, लुम्बिनी र सुदूरपश्चिममा गरी १३ वटा स्थानीय तह थप गर्ने  भनिएको थियो।

निर्वाचन घोषणा भइसकेकाले ०७४ मा  स्थानीय तहको संख्या थप्ने सहमति कार्यान्वयन हुन सकेन । पछिल्लो समय संघीय मामिला मन्त्रालयले स्थानीय तहको सीमाना हेरफेर, स्तरोन्नति र संख्या वृद्धिका लागि गृहकार्य गरेको थियो । यसबारे कुनै निर्णय नहुँदै सरकारले ३० वैशाख २०७९ मा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐनमा संख्या र सीमा हेरफेरका लागि चुनाव हुनुभन्दा एक वर्ष अघि नै प्रस्ताव पेश गर्नुपर्ने उल्लेख भएकाले संख्या थपिने कुरा रोकिएको हो । संघीय मामिलामन्त्री श्रेष्ठले बिहीबार सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर स्थानीय तहको संख्या थप नहुने जानकारी गराएका छन् ।

पालिका प्रेस
थप जानकारी