पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्य आउने भएकी छिन् । पालुङका इन्सपेक्टर सविन बाबु अर्याल भने नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल गुल्म १ मा सरुवा भएका छन् । अर्याल २०८१ भाद्र १७ गते नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय विपद व्यवस्थापन जर्गाह पश्चिम नवलपरासीबाट सरुवा भई आएका थिए ।

दुवैको २९ असोजमा सरुवा भएको हो । उनीहरुसहित नेपाल प्रहरीका ६६५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को एकसाथ सरुवा गरिएको थियो । प्रहरी प्रधान कार्यालयले आगामी महिनाको तलव भत्ता समेत सरुवा भएकै कार्यालयबाट खानेगरी सरुवा गरेका हो।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले २८ असोजमा गरेको सरुवाको निर्णय २९ असोजमा सार्वजनिक गरिएको थियो । सरुवाको यो निर्णयले विभिन्न इलाका प्रहरी कार्यालयका इन्चार्जहरु हेरफेर भएका छन्।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्