स्याङ्जाको गल्याङ् नगरपालिकामा १ हजार ७ सय वटा बंगुरका पाठापाठी वितरण गरिएको छ ।

नगरपालिकाको ११ वटै वडामा किसानको मागको आधारमा बंगुरका पाठापाठी वितरण गरिएको हो । गल्याङ नगरपालिका ७ मा रहेको श्री कल्लेरी कृषि सहकारी संस्था मार्फत लागत साझेदारीमा बंगुरका पाठापाठी वितरणको काम गरिएको हो ।

गल्याङ नगरपालिकाका नगरप्रमुख भूपराज अधिकारीले भने,“हामीले नगरलाई मासुमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ अहिले पहिलो चरणमा नगरपालिकाबाट ५० लाख रुपैयाँ बजेट छुट्याएका थियौं र किसानको उत्साहको अधारमा थप रकम विनियोजन गरेर बंगुरको मासुमा र पाठापाठीमा आत्मनिर्भर बनाउने अभियानमा लागेका छौं ।”

साथै उनले मासुको क्षेत्रमा पनि व्यवसायिक र आत्मनिर्भर किसान उत्पादन गर्ने नगरपालिकाको लक्ष्य राखेको अधिकारीको भनाई छ ।

पालिका प्रेस
थप जानकारी