मकवानपुरको थाहा नगरपालिकाले तरकारी उत्पादनको उर्वर भूमिको रुपमा परिचय बनाएको छ । थाहानगरको टिष्टुङ–पालुङ त झन बाइरोड (त्रिभुवन राजपथ) खुलेसँगै आफै परिचित छ । पछिल्लो समय तरकारी उत्पादन र बिक्रिबाट किसानहरुले राम्रो आम्दानी समेत लिइरहेका छन् । थाहा नगरपालिकाले पनि कृषिलाई प्रमुख आधार बनाएर वर्षेनी बजेट तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्दै आएको छ ।
थाहा नगरपालिकाको १२ वटा वडा मध्ये एउटा वडा जहाँ तरकारीसँगसँगै धान खेती समेत गरिँदै आएको छ । थाहानगर अन्तर्गत आग्रामा पर्ने ८ नम्बर वडाको आकाशेफाँट धान उत्पादनको पकेट क्षेत्र नै हो । यहाँ तरकारीले भन्दा धानले उत्पादन राम्रो दिन्छ । त्यसैले पनि किसानहरु आकाशेफाँट वर्षेनी धान रोप्छन् । असारमा रोपेको धान अहिले भट्टाभट भित्र्याउने बेला भएको छ । दशै र तिहार सकिने वित्तिकै अहिले किसानहरु धान काट्ने चटारोमा छन् ।
रोपाइ गरेको तीन महिना नाघेदेखि नै भरेली भएको धान काट्न थाहा नगरपालिका वडा नम्बर ८ आग्राका किसानहरुलाई भ्याइ नभ्याइ छ । किसानहरुले यु.एस. ३१२ जातको धान रोप्ने गरेका छन् । उनीहरु धान खानको लागि घरमा छुट्याएर बाँकी बेच्ने गरेको बताउँछन् । गाउँमा पर्मा लगाएर धान रोपाइ गर्ने र भित्र्याउने चलन रहेको किसानहरु सुनाउँछन् ।
हेर्नुहोस् फोटोः

































































































विशाल रायमाझी 






प्रतिक्रिया दिनुहोस्