बाजुराको हिमाली गाउँपालिकाको नवौँ हिँउँदे अधिवेशन एवं गाउँसभा सम्पन्न भएको छ । कृषि, शिक्षा, स्वास्थ्य, जडीबुटी, पर्यटन र जलस्रोत आधार, दृष्टिकोण, सुशासन, गरिबी निवारण र रोजगार नारासहित गाउँसभा सम्पन्न भएको हो ।

पालिकाको केन्द्र धुलाचौरमा सञ्चालन भएको गाउँसभा पालिका अध्यक्ष गोविन्दबहादुर मल्लले उद्घाटन गरे । गाउँसभामा गाउँपालिकाले ०७४ देखि हालसम्म भए/गरेका विभिन्न योजनालगायतका जानकारी दिँदै केही ऐन नियम तथा नियमावली पारित गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । गाउँपालिकाका ७ वटै वडाका वडाध्यक्षबाट प्रस्तुत ९ वटा ऐन गाउँसभाले सर्वसम्मत पारित गरेको छ । भूमि ऐन, कृषि ऐन, सामुदायिक वन संरक्षण ऐन तथा खरिदलगायत ९ वटा ऐन पारित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

गाउँसभामा पालिका उपाध्यक्ष चन्द्रादेवी बुढा, सबै वडाका वडाध्यक्ष, गाउँकार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिलगायत स्थानीयको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी