मकवानपुर थाहा नगरपालिका तथा १० नम्बर वडा पालिकाको समन्वयमा किसानको खेतबारीको माटो परीक्षणका लागि नमुना संकलन गरिएकाे छ ।

थाहानगरमा क्रियाशील गैर सरकारी संस्था लवग्रिन नेपालको प्राविधिक सहयोगमा ५० किसानको खेतबारीको माटोको नमुना परीक्षणका लागि लिइएको १० नम्बर वडाकी कृषि प्राविधिक कमला सुवेदीले जानकारी दिइन् । किसानको बारी तथा खेतबाट नमुना संकलन गरिएको माटोको अवस्था बारे प्रयोगशालामा जाँचपछि जानकारी गराउने लवग्रिन नेपालका सन्दिप कोइरालाले जानकारी दिए ।

नमुना संकलन मंसिर २६ र २७ गते गरिएकाे हाे ।