मकवानपुर थाहा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय पालुङमा प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्य हाजिर भएकी छिन् । नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई आएकी बज्राचार्य १३ कार्तिका हाजिर भएकी हुन् । यहाँ पालुङका सेवारत इन्सपेक्टर सविन बाबु अर्याल भने नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल गुल्म १ मा रमाना भएका छन् । अर्याल २०८१ भाद्र १७ गते नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय विपद व्यवस्थापन जर्गाह पश्चिम नवलपरासीबाट सरुवा भई आएका थिए ।

यसैबीच १३ कार्तिकमा थाहा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी सरुवा भएका प्रहरी निरीक्षक सविनबाबु अर्याललाई बिदाइ गरेको छ । कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर बिष्टले बिदाई हुँदै गरेका निरीक्षक अर्यालको सहकार्य र समन्वय र उनले पुर्याएको योगदानको कदर गर्दै आगामी दिनको सफलताको शुभकामना दिए ।

सो अवसरमा पालिकाले मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा थाहा नगरका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेललगायतका उपस्तिथी रहेको थियो । इन्सपेक्टरद्वय बज्राचार्य र अर्याल २९ असोजमा सरुवा भएको थियो ।

पालिका प्रेस
थप जानकारी