गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १ सय ५७ जना कैदीबन्दी अझै फर्केका छैनन् । कारागार प्रशासनले फरार रहेका कैदीबन्दीलाई छिटोभन्दा छिटो सम्पर्कमा आउन पटकपटक आग्रह गरे पनि भागेका ४ सय ४० कैदीबन्दीमध्ये १ सय ५७ केदीबन्दी सम्पर्क विहीन रहेका हुन् । जसमध्ये १ सय ३१ जना स्वेदशी र २६ जना विदेशी कैदी रहेका छन् ।
कारागार व्यवस्थापक सुवास पौडेलका अनुसार, गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर ४ सय ४० जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये हालसम्म २ सय ८३ जना सम्पर्कमा आइसकेका छन् । फरार रहेकाहरुमा जबर जस्ती करणीमा ३५, कर्तव्य ज्यानमा १३, लागुऔषधमा ७५, अपहरण तथा शरीर बन्धकमा ३, किर्तेमा ३, खुन डाँकामा १, चोरीमा ५, जिउ मास्नेबेच्नेमा २, ठगीमा १, डाँकामा ९, नकवजनी चोरीमा ४, वैदेशिक रोजगारमा १, राजश्व छलीमा १, सवारी ज्यानमा ३ र हातहतियार खरखजानामा १ जना रहेका छन् । ‘मकवानपुरबाट भागेका ४४० मध्ये १५७ फरार रहेका कैदीबन्दीहरु पारि वारिक सम्पर्कमा पनि छैनन् ।
उनीहरु अन्य ठाउँबाट कहिलेकाहीँ सम्पर्कमा आउने गरेका छन् । तर, हामीले कारागार फर्काउन सकेका छैनौँ,’ पौडेलले भने, ‘फरार कैदीबन्दीलाई सम्पर्कमा ल्याउन जिल्ला सुरक्षा समिति सहितको कार्यदलले काम गरिरहेका छौँ ।’ कारागार व्यवस्थापक पौडेलका अनुसार भागेका कैदीबन्दीलाई थप सजाय गर्ने निर्णय भएपनि कार्यान्वयनमा आउन नसकेको बताए । कारागार तोडफोड गरी भाग्ने कैदीबन्दीलाई कारागार ऐन, २०७९ को दफा ४९ अनुसार थप सजायको व्यवस्था रहेको उनले बताए । ऐनमा कारागारको पर्खाल, झ्यालढोका फोडेमा, भत्काएमा वा नष्ट गरेमा १० वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्