ऐतिहासिक महत्वको थानकोट–चन्द्रागिरी–चित्लाङ सडक निर्माणमा भएको ढिलासुस्तीको विषयमा सडक विभागले ठेक्का रद्द गर्ने पत्र काटेपछि ठेकेदार कम्पनीको डोजर चल्न थालेको छ । २०८२ साल वैशाख १९ गतेको सम्झौताअनुसार करिब ३ किलोमिटर सडक कालोपत्रे गर्ने, नाली बनाउने, वाल बनाउने तथा आवश्यक मोड कटान गर्नेगरी १५ करोडको ठेक्का पाएको तामाङ कन्स्ट्रक्सनले २०८२ असार २५ गते नै कार्य सम्पन्न गर्नुपर्नेमा म्याद थप गरी २०८२ पुस २० गतेसम्मको अवधि प्राप्त गरेको छ ।
हालसम्म सम्झौता मितिको ६७ प्रतिशत समय व्यतित भैसक्दा पनि स्थलगत भौतिक प्रगति अन्त्यन्तै न्यून देखिएको भन्दै सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता रद्द गर्ने व्यहोराको पत्र काटेपछि पुनः चन्द्रागिरि सडक खण्डमा ठेकेदारको उपस्थित देखिएको हो ।
काठमाडौं भित्रिने सबैभन्दा छोटो सडकको रुपमा विकास गर्न सकिने थानकोट– चित्लाङ (गणेशमान सिंह राजमार्ग) को स्तरोन्नति एवम् निर्माणकार्यका लागि संघीय सरकारले वर्षैपिच्छे बजेट विनियोजन गर्ने गरेको भएपनि ठेकेदार कम्पनीको लापरबाही र स्थानीय प्राकृतिकस्रोतको दोहन गर्न पल्केका सीमित बिचौलियाका कारण लामो समयदेखि बाटोले बिजोग भोग्नु परिरहेको स्थानीयले आरोप लगाउँदै आएका छन् ।


















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्