प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकवानपुरको आयोजनामा थाहा नगरका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको छ ।

क्याम्पाडाँडामा एक कार्यक्रम बिच थाहा नगरमा ३६ ओटा मिनि टिलर बितरण गरिएको हो । कृषि सहकारी, कृषक समुह तथा ब्यक्तिगत कृषि फर्ममा आबद्ध कृषकहरुलाई अनुदानमा मिनिटिलर वितरण गरिएको हो । थाहामा एक कार्यक्रमबिच थाहा नगरपालिका वडा नम्बर ४ का वडा सदस्य नारायण लामाको प्रमुख आतिथ्यतामा मिनिटिलर बितरण गरिएको हो । मिनि टिलर बितरण गर्दै लामाले कृषि पेशालाई सहज र कम लगत बनाउनका लागि तरकारी जोनले गरेको सहयोगलाई धन्यवाद ब्यक्त गरे ।

तरकारी जोन मकवानपुरका प्रमुख कृष्ण प्रसाद पौडेलले कृषिमा यान्त्रिकरण गरि उत्पादन लागत कम गर्न र स्वरोजगारको सृजना गर्नेको लागि जोन तत्पर रहेको बताए ।कार्यक्रममा तरकारी जोन संचालक समिति अध्यक्ष सुबिन भक्त श्रेष्ठ, कृषि सहकारी संघ मकवानपुरका संचालक राजकुमार केसी, तरकारी जोन मकवानपुरका कृषि बिकास अधिकृत अनिल तिवारी, लेखापाल भारती अधिकारी, कर्मचारी प्रमिला पोख्रेल, सागर तितुङ लगायत सहकारी, समुह र फर्मका पदाधिकारीको उपस्थिति रहेको थियो ।

तरकारी जोनले थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिकामा कार्य गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी