। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरूसहित ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्स प्रा.लि. उपर पनि मुद्दा दायर गरेको छ । उनीहरूमाथि सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

 

पालिका प्रेस
थप जानकारी