भारत सरकारको सहयोगमा बिहार राज्यको रक्सौलदेखि नेपालको संघीय राजधानी काठमाडौंसम्म रेलवेका लागि डिटेल प्रोजेक्ट रिर्पोट (डीपीआर) तयार भएको छ । भारत रेलवेका अधिकारीहरुले जनाएअनुसार बिहार राज्यसित जोडिएको क्रसबोर्डर रक्सौल– काठमाडौं रेल लिंकको लामो योजनाको डीपीआर तयार भएको छ ।
निर्माणपूर्व गरिने महत्वपूर्ण कार्य पूरा भएको बताउँदै अधिकारीहरुले सन् २०२६ को जनवरीमा डीपीआर हस्तान्तरण गरिने जनाएका छन् । बिहारको रक्सौलदेखि काठमाडौंसम्म रेलवेको सोझो सम्पर्क स्थापित हुने अधिकारीहरुले जनाएका छन् । यसले भारत र नेपालबीचको क्रस बार्डर सम्पर्कमा सुधार आउने छ । २५ हजार करोड भारतीय रुपैयाँ बजेट रहेको रेलवे लाईन निर्माणपछि र क्सौलदेखि काठमाडौंबीचको दूरी ३ घण्टामा सीमित हुनेछ ।

सडकमार्गबाट रक्सौलदेखि काठमाडौंको दूरी हाल कम्तिमा ६ घण्टा रहेको छ । रेलमार्गले त्यसलाई ३ घण्टामा सीमित गर्ने भारतीय अधिकारीहरुले जनाएका छन् । डीपीआर तयारीको अन्तिमचरणमा रहेको र जनवरीमा हस्तान्तरण हुने बताउँदै अधिकारीहरुल भने, अब चाँडै ट्रयाक लेइङ कार्यको टेण्डर हुने बताएका छन् । झण्डै ८० प्रतिशत कार्य भारतीय कम्पनी कोंकन रेलवेले पुरा गरिसकेको अधिकारीहरुले जनाएका छन् । निर्माण हुन लागेको रेलवे लाईनले भविष्यमा भारतको राजधानी नयाँदिल्ली र नेपालको राजधानी काठमाडौं जोड्ने ‘दिल्ली–नेपाल ट्रेन सर्भिस’ बनाइने छ । यो रेलवेको ठुलो क्षेत्रीय रेल नेटवर्क बन्नेछ । भारत बिहारको जयनगरदेखि (महोत्तरीको भँगाहासम्मको ४५ किलोमिटर लामो रेलमार्ग कोँकनले बनाएको थियो ।
रक्सौलदेखि जीतपुर, निजगढ, शिखरपुर, सिस्नेरी र सतीखेल हुँदै रेल चोभार पुग्नेछ ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्