विभिन्न आपराधिक घटनामा अदालतद्वारा दोषी ठहर भई फरार भएका पाँच जनालाई प्रहरीले विभिन्न स्थानबाट १० पुसमा पक्राउ गरेको छ । कुटपिट मुद्दामा १ वर्ष ६ महिना कैद तोकिएका हेटौंडा उपमहानगरपालिका–९ का ३५ वर्षीय प्रदीप उपाध्यायलाई प्रहरीले घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरको बाग्मती गाउँपालिका–७ धन्साईका २९ वर्षीय भोजबहादुर कमरलाई पनि पक्राउ गरेको छ । अदालतले कमरलाई चोरी मुद्दामा २५ दिन कैद तोकेको थियो । तर उनी फरार रहेका थिए । प्रहरीले उनलाई गाउँबाटै पक्राउ गरेको हो । अर्का फरार अभियुक्त हेटौंडा उपमहानगरपालिका–४ का २० वर्षीय दिलबहादुर साहलाई पक्राउ गरेको छ । डाँका मुद्दामा साहलाई अदालतले २० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर उनी फरार थिए ।
त्यस्तै मकवानपुरको बकैया गाउँपालिकाका फरार अभियुक्त धनबहादुर मोक्तानलाई पनि पक्राउ गरेको छ । वैवाहिक जबरजस्ती करणी मुद्दाका अभियुक्त हेटौंडा उपमहानगरपालिका–५ का २५ वर्षीय राकेश दुवेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनालाई जरिवाना र कैद असुली गर्न १० पुसमै नै प्रहरीले जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्