दिक्तेल रुपाकोट मझुवागढी नगरकार्यपालिका प्रमुख दीपनारायण रिजालका स्वकीय सचिव विकल्प राई र वडा नं ८ का अध्यक्ष लीला चौहानद्वारा नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्मामाथि हातपात भएको छ । नगरप्रमुख रिजालकै होटल शुभदिनमा बिहीबार बेलुकी हातपात गरेका हुन् ।

विश्वकर्माका अनुसार कार्यकाल सकिनलाग्दा कार्यपालिकाको समीक्षा बैठकपछि बसिरहेको बेला राईले तानेर बाहिर निकालेर कुटपिट गरेका हुन् । ‘बसिरहेको बेला स्वकीय सचिवले मलाई बाहिर निकालेर कुटपिट गरे,’ विश्वकर्माले भने–‘त्यसै बेला वडा ८ का वडाअध्यक्ष लीला चौहानले पनि हातपात गरे, यसबारेमा कानुनी लडाइँ लड्छु ।’

विकल्प राईले भने आफूलाई केही थाहा नभएको बताए । वडाअध्यक्ष चौहानले भने–‘रमाइलो गरिरहेका थियौं, खासै केही भएजस्तो लाग्दैन ।’ यसबारेमा दुवै जनालाई राखेर समस्या समाधान गर्ने नगर प्रमुख रिजालले बताएका छन् ।

पालिका प्रेस
थप जानकारी