लौठसल्ला र सुनाखरी जस्ता महत्वपूर्ण औषधीय वनस्पतिको संरक्षणका विषयमा छलफलसहित अन्तरक्रिया कार्यक्रम गरिएको हो । ग्रीनहुड नेपालको आयोजनामा मकवानपुर थाहा नगरपालिका–३ स्थित ऋषेश्वर सामुदायिक वन र कालीबन्जार सामुदायिक वनका उपभोक्ता तथा स्थानीयसँग १६ पुसमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
औषधीय वनस्पति तथा तिनका प्राकृतिक बासस्थान संरक्षणलाई केन्द्रित गर्दै भएको अन्तरक्रिया कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर बिष्ट, झम्केश्वरी सवडिभिजन वन कार्यालयका प्रमुख सागरप्रसाद जैसी, सामुदायिक वन उपभोक्ता महासंघ थाहाका अध्यक्ष गणेशमान श्रेष्ठ, ग्रीनहुड नेपालका प्रमुख रेशु बस्याल, कालीबन्जार सामुदायिक वनका अध्यक्ष कमलकुमार केसी, ऋषेश्वर सामुदायिक वनका कार्यवाहक अध्यक्ष बिनोद केसीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो ।

अन्तरक्रियामा ग्रीनहुड नेपालका कृतना भण्डारी र ज्ञानेन्द्र आचार्यले सहजीकरण गर्दै औषधीय वनस्पति संरक्षणमा स्थानीय सामुदायिक वन उपभोक्ता समितिको भूमिका, दिगो व्यवस्थापन, अवैध संकलन नियन्त्रण र जैविक विविधता संरक्षणका विषयमा जानकारी गराए । कार्यक्रममा सहभागीले औषधीय वनस्पति केवल आर्थिक स्रोत मात्र नभई वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
स्थानीय तह, सामुदायिक वन र संरक्षणकर्मीबीच सहकार्य बढाउँदै लैजान सके दीर्घकालीन संरक्षण सम्भव हुने निष्कर्ष निकालिएको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्