सर्लाहीको हरिवन नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नगर विकास कोषले आफ्नो ३४औँ वार्षिकोत्सव अवसरमा उत्कृष्ट नगरपालिकाको रूपमा छनोट गर्दै सम्मान गरेको हो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले हरिवन नगरपालिका उपप्रमुख रेणुका पौडेललाई उक्त कोषको लगानीमा निर्माण गरिएका आयोजनामध्ये उक्त नगरपालिकाले सफल कार्यान्वयन तथा व्यवस्थापन गरेको भन्दै कदरपत्रले सम्मानित गरिन् । कोषको लगानीमा हरिवन नगरपालिका वडा नम्बर ११ को बजारमा सुविधासम्पन्न व्यावसायिक भवन निर्माणका साथै अन्य योजना पनि सञ्चालनमा रहेको नगरप्रमुख गणेशप्रसाद प्रसाईंले बताए ।

यसअघि कोषको ३३औँ वार्षिकोत्सवमा लालबन्दी नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित भएको थियो । कोषले लगानी गरेका योजनाको अनुगमन गरी सफल कार्यक्रम सञ्चालन गरिएका आधारमा मूल्यांकन गरी उत्कृष्ट घोषणा गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी