हेटौंडा उपमहानगरस्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि हेटौंडा–९ स्थित कृष्णआदर्श इंग्लिस बोर्डिङ स्कूलले जितेको छ । ३ माघमा भएको फाइनल खेलमा हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयलाई २–१ को सेटमा पराजित गर्दै कृष्णआदर्शले उपाधि जितेको हो ।

पहिलो सेट २४–२६ ले गुमाएको कृष्णआदर्शले दोस्रो र तेस्रो सेट क्रमशः २५–२२ र १५–६ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गरेको हो । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को आयोजना तथा आधुनिक राष्ट्रिय माविको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगिता २ माघबाट सुरु भएको हो । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक राजाराम पोखरेलको संयोजकत्वमा प्रतियोगिता भएको हो ।

पालिका प्रेस
थप जानकारी