मकवानपुरका दुवै क्षेत्रमा उम्मेदवारी दर्ता गराएका ४४ जना चुनावी प्रचार प्रसारमा जुटेका छन् । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए ।

उनीहरु ७ माघबाट नै चुनावी प्रचार प्रसारको काममा जुटेका छन् । उनीहरु आफ्नै तरिकाले जनताका माझमा बिभिन्न बाचा लिएर पुग्न थालेका हुन् । विशेषगरी नेकपा, एमाले, नेपाली कांग्रेस, नेकपा, राजश्वपा, राप्रपा लगायतका उम्मेदवारहरु आफ्ना चुनावी प्रचार प्रसारमा जुटेका हुन् । मकवानपुर क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नम्बर–१ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथाक्षेत्र नम्बर–२ बाट विभिन्न दलबाट १६ जना र ५ जना स्वतन्त्र गरी २१ जनालेउम्मेदवारी दर्ता गराएका हुन् । मंगलबारउम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयले दिएको समय अनुसार दलहरुले दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए। कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका उम्मेदवारले हेटौंडा बजार परिक्रमा गर्दै उम्मेदवारी दर्ता गराएका थिए ।

पालिका प्रेस
थप जानकारी