मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सूर्य ध्वजाबाहक उम्मेदवार रामेश्वर राना सहित नेपाल कम्युनिस्ट पार्टी एमाले मकवानपुरका नेता तथा कार्यकर्ताले ६ फागुनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा सशक्त घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलो अभियानका क्रममा उम्मेदवार रानासहितको टोलीले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै विकास, समृद्धि र स्थायित्वका मुद्दा प्रस्तुत गरेको थियो।
कार्यक्रममा वडा नम्बर १५ का आम मतदाताले नेकपा एमालेले सालिन, भद्र र जनताको हरेक दुःख–सुखमा साथ दिने होनहार उम्मेदवार अघि सारेको भन्दै खुसी व्यक्त गरेका छन वडा नम्बर १५; का स्थानीय मतदाताहरूले विगतमा एमालेले अघि सारेका विकास निर्माणका काम, पूर्वाधार विस्तार, सामाजिक सुरक्षा कार्यक्रम तथा आर्थिक समृद्धिको स्पष्ट मार्गचित्रलाई आधार मानेर मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रामेश्वर रानालाई विजयी गराएर संघीय संसदमा पठाउने दृढ अठोट पनि व्यक्त गरेका छ्न ।
प्रत्यक्ष मतदाता भेटघाट कार्यक्रममा स्थानीय अगुवाहरूले भावनामा होइन, विकास र परिणाममा आधारित निर्णय गर्न वडाबासिलाई आग्रह गरेका छन एमालेले देखाएको सुखी नेपाली समृद्ध नेपालको मार्गचित्रलाई साकार पार्न सूर्य चिन्हमा मतदान आवश्यक छ उनीहरूको भनाइ छ घरदैलो अभियानमा सहभागी नेता तथा कार्यकर्ताहरूले वडा नम्बर १५ मा जनलहर उत्साहजनक रहेको भन्दै खुसी बेक्त गरेका छन्।
आगामी दिनमा मकवानपुर क्षेत्र नम्बर १ का अन्य वडाहरूमा समेत १५ नम्बरको जस्तै उमेदवार र मतदाता भेटघाटलाई थप तीव्र बनाइने नेकपा एमालेले मकवानपुर चुनाव प्रचारप्रसार समिती क्षेत्र नम्बर एकले जनाएको छ मकवानपुर जिल्लाको क्षेत्र नम्बर एक अन्त्रगत वडा नम्बर १४ मा पनि आज उमेदवार राना सहित प्रत्यक्ष मतदाता सङ्ग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ

















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्